भ्रष्टाचार (Corruption) | परिचय र परिभाषा
भ्रष्ट +आचार =भ्रष्टाचार
- भ्रष्ट: आचरण र अनुशासनबाट तल झरेको, दुष्चरित्र, अपवित्र, दुषित, बिग्रेको, विनास भएको
- आचार: व्यवहार, चालचलन
- त्यसकारण, भ्रष्टाचार – गलत आचारण वा व्यवहार
Corruption:
- Willing to act dishonestly in return for money or personal gain.
- Evil or Morally depraved.
- (of a text or computer data) made unreliable by errors or alterations.
- Rotten or putrid.
भ्रष्टाचार: परिचय र परिभाषा
- “निजी फाइदाका लागि सार्वजनिक ओहदाको दुरुपयोग (The abuse of public office for private gain) – विश्व बैंक
- “निजी लाभका लागि सार्वजनिक शक्तिको दुरुपयोग जसले सार्वजनिक हितमा अवरोध ल्याउने”- संयुक्त राष्ट्र संघ
- “सार्वजनिक पद धारण गरेको व्यक्तिले कुनै कार्य गरिदिए वा नगरिदिएवापत आफ्नो वा अन्य कालागि रिसवत लिएमा वा लिन मन्जुर गरेमा” -नेपाल (अ .दु.अ .आ .ऐन )
- शक्तिको व्यापार, White Color Crime
- सबै राष्ट्रको एक मुख्य शासकीय एजेण्डा सर्वकालिक र सर्वभौम बिक समस्याको रुपमा रहेको।
- बीसौं शताब्दीको उत्तरार्धतिर सबैको ध्यानाकर्षण भएको क्षेत्र हो।