देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति २०७९/८०
- वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ ।
- आयात १८.१ प्रतिशतले, निर्यात २६.३ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेको छ ।
- बिप्नेपण आप्रबाह नेपाली रुपैयामा २४.२ प्रतिशतले र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको छ ।
- शोधानान्तर स्कथिति रु. १८० अर्ब १७ करोडले बचतमा रहेको छ ।
- कुल विदेशी विनिमय सन्चिती रु. १४३३ अर्ब ७३ करोड र अमेरिकी डलरमा १० अर्ब ९४ करोड रहेको छ ।
- संघीय सरकारको खर्च रु. ९४३ अर्ब ५ करोड र राजस्व परिचालन रु. ६८३ अर्ब ८१ करोड रहेको छ ।
- विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेको छ ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेको छ ।
- वार्षिक विन्दुगत आधारमा निक्षपको लिएको वृद्धिदर ११.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.२ प्रतिशत रहेको छ ।