लुम्बिनी प्रदेश | भौगोलिक अवस्था, राजनैतिक अवस्था, विभाजन
भौगोलिक अवस्था
- कुल क्षेत्रफल २२,२८८ वर्ग कि.मि
- नेपालको कुल भू-भागको १५.१४ प्रतिशत रहेको,
- सीमाना : पूर्वतर्फ गण्डकी प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश, उत्तरतर्फ गण्डकी प्रदेश र कर्णाली प्रदेश, दक्षिणमा भारत,
- उत्तर-दक्षिणमा १५० किलोमिटर र पूर्व पश्चिममा यसको अधिकतम चौडाइमा ३०० किलोमिटर फैलिएको छ।
- यो प्रदेशमा एक मात्र हिमाली जिल्ला रुकुम पूर्व रहेको छ।
- उच्च हिमालय, उच्च हिमाल, मध्य पहाड, सिवालिक क्षेत्र र् तराई क्षेत्रमा विभाजित,
राजनैतिक अवस्था
- प्रदेश सभाको पहिलो बैठक : २०७४ माघ २१ गते,
- प्रदेशको राजधानी र नामाकरण : वि.सं २०७७ असोज २० गते,
- स्थायी राजधानी राप्ती उपत्यका देउखुरी, दाङ तोकिएको ।
- मुख्यमन्त्री : कुल प्रसाद के.सी,
- प्रतिनिधि सभा निर्वाचन क्षेत्र : २६ ,
- प्रदेश सभा निर्वाचन क्षेत्र : ५२
- प्रदेश सभा सदस्य सङ्ख्या : ८७ जना (प्रत्यक्ष ५२, समानुपातिक ३५)
- प्रदेश सभा समितिहरु : ८
लुम्बिनी प्रदेशको विभाजन
- जिल्ला : १२
- स्थानीय तह : १०९
- उपमहानगरपालिका : ४
- नगरपालिका : ३२
- गाउँपालिका : ७३
- वडा सङ्ख्या : ९८३
- क्षेत्रफलका आधारमा :
ठुलो जिल्ला : दाङ
सानो जिल्ला : नवलपरासी बर्दघाट सुस्ता पश्चिम