गहिरो ताल बारे केहि तथ्याङ्किय जानकारी
- वि.स. २०३६ सालमा एकजना जापानी नागरिकले शे-फोक्सुण्डोको गहिराइ ६५० मिटर प्रमाणित गरेका थिए । यो तथ्याङ्कलाई मान्ने हो भने नेपालको सबैभन्दा गहिरो ताल शे-फोक्सुण्डो हुन्छ ।
- पछिल्लो पटक सन् २०१९ मा जल तथा मौसम विज्ञान विभागद्वारा गरिएको मापन अनुसार तालको गहिराइ १३६.२० मिटर रहेको तथ्याङ्क छ । यसलाई आधार मन्दा नेपालको गरिहो ताल रारा हुन सक्छ | किनभने रारा तालको गहराइ १६७ मिर्ट हो ।
- शे-फोक्सुण्डो गा.पा. को वेबसाइटमा शे-फोक्सुण्डो तालको गहिराई १४५ मिटर रहेको उल्लेख छ । सन् २००४ मा जल तथा मौसम विज्ञान बिभागले गरेको मापनले पनि १४५ मिटर गहिराई रहेको देखाएको थियो ।
- नेपाल परिचय (दसौँ संस्करण) २०७९ मा उल्लेख भएनुसार शे-फोक्सुण्डो नेपालको सबैभन्दा गहिरो ताल हो ।