बागमती प्रदेश विशेष जानकारी | भौगोलिक स्थिती
साविकका जनकपुर अञ्चलका र जिल्ला (दोलखा, रामेछाप र सिन्धुली), बागमती अञ्चलका ८ जिल्ला (रसुवा,
नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर र काठमाडौं) तथा नारायणी अञ्चलका २
जिल्ला मकवानपुर र चितवन गरी जम्मा १३ जिल्लालाई समेटी बागमती प्रदेश कायम भएको थियो ।
भौगोलिक स्थिती
- क्षेत्रफल :- २०,३०० वर्ग कि.मि. (नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. को १३.७९%)
- समुन्द्री सतह उचाई :- समुन्द्री सतहदेखि १४१ मिटरमा रहेको चितवनको गोलाघाटदेखि रसुवा जिल्लाको ७,२२९ मिटर उचाइमा रहेको लाङटाङ लिरुङ हिमालसम्म ।
- गौरीशंकर हिमाल :- नेपालको प्रामाणिक समय आधार मानिएको गौरीशंकर हिमाल यसै प्रदेशमा पर्दछ । वि.स.
२०४२ साल वैशाख १ गते यसै हिमाललाई आधार मानी नेपालको प्रामाणिक समय निर्धारण गरिएको थियो । यस
हिमालको उचाई ७,१३५ मिटर रहेको छ | - हिमाल :- यस प्रदेशमा ५ हजार मिटरभन्दा माथिका ६१ वटा हिमालहरु रहेका छन् |
- प्रदेश अवस्थिति :- नापी विभागका अनुसार यो प्रदेश २६० डिग्री ५५ मिनट उत्तरी अक्षांशदेखि २८० डिग्री २३
मिनट उत्तरी अक्षांशसम्म र ८२० डिग्री ५५ मिनट पूर्वी देशान्तरदेखि ८६० डिग्री ३४ मिनट पूर्वी देशान्तर सम्म
फैलिएको छ। - पुर्वमा – कोशी प्रदेश
पश्चिममा – गण्डकी प्रदेश
उत्तरमा – चीन
दक्षिणमा – मधेश प्रदेश र भारतसँग - स्थानीय सरकार संचालन एन २०७४ अनुसार बागमती प्रदेश :-
- हिमाली जिल्लाहरु :- धादिङ, रसुवा, रामेछाप, सिन्धुपाल्चोक र दोलखा
पहाडी जिल्लाहरु :- नुवाकोट र काभ्रेपलान्चोक
उत्यका जिल्लाहरु :- काठमाडौं, भक्तपुर र ललितपुर
भित्री मधेशका जिल्लाहरु :- सिन्धुली, मकवानपुर र चितवन - समुन्द्री सतह उचाई :- समुन्द्री सतहदेखि १४१ मिटरमा रहेको चितवनको गोलाघाटदेखि रसुवा जिल्लाको ७२२९
मिटर उचाइमा रहेको लाङटाङ लिरुङ हिमालसम्म ।