आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम
- १८८ बुंदे
- सार्बजनिक मिति : वि.सं. २०८० जेठ ५
- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका।
मुख्य मुख्य बुँदाहरु
- जानकी मन्दिर र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने
- मानव विकास सूचकांकमा पछि परेको क्षेत्रलाई विशेष प्राथमिकतामा राखी स्रोत-साधन वितरण गरिने
- राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइँने, विद्येमान कर प्रणालीमा पुनरावलोकन गरिने, राजस्वक्रो दायरा विस्तार गरिने, सबै प्रकारका आर्थिक क्रियाकलापलाई औप्रचारिकु प्रणालीमा आबद्ध गरिने
- पुँजीबजारको विकास र विस्तारका लागि संरचनागत सुधार गरिने, पुँजीबजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गरिने
- देशभर बिमाको पहुँच विस्तार गरिने, न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबिमा गराउन सहजीकरण गरिने
- राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गरी नीति, योजना तथा अनुगमनको केन्द्रीय निकायको रूपमा विकास गरिने, नीति अनुसन्धानमा रहेको संस्थागत दोहोरोपना हटाइने
- रासायनिक मल समयमै उपलब्ध गराइने, रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न बहुवर्षीय योजना तयार गरी कार्यान्वयनमा ल्याइने
- नवप्रवर्तनमा आधारित उद्यम व्यवसायलाई प्रोत्साहित गरिने
- हिउँदमा ३० युनिट र वर्षायाममा ५० युनिटसम्म बिजुली खपत गर्नेले निःशुल्क पाउने
- निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने घोषणा
- देशका प्रमुख सहरहरूमा भूमिगत विद्युत् वितरण प्रणालीलाई विस्तार गरिने
- २० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु प्रयोगको प्रबन्ध मिलाइने
- स्वदेशी उत्पादन प्रवर्दूधन गर्न हाम्रो उत्पादन, हाम्रो स्वाभिमानद्व अभियान चलाइने
- पाँच वर्षभित्र पाँच लाख रोजगारी सिर्जना गरिने
- दुई वर्षभित्र सबै घरधुरीमा बिजुली पुन्याइने
- हरेक स्थानीय तहमा कम्तीमा एक विद्यालयुलाँई सँमार्देविच्यालय बनाई प्रविधिको माध्यमबाट पठनपाठन हुने व्यवस्था सिलाइने
- बाराको निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल तिमाण प्रक्रिया अगाडि बढाइने, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका रमिनल भवन स्तरोन्नति गरिने
- हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने
- २०८० को दशकलाई नेपाल भ्रमण दशक घोषणा,
- सन् २०२५ लाई नपाल भ्रमण वर्षका रुपमा मनाइने
- नेपाल वायुस्ेवौ निगेम् (नेवानी)को पुनर्संरचना गरिने
- नयाँ हिमाल आरोहणका लागि खुला गरिने
- पेट्रोलियम गाडीलाई विद्युतीय बनाउने प्रविधिमा सहुलियत दिइने
- उद्योगलाई उपलब्ध गराइने जग्गाको हदबन्दी पुनरावलोकन गरिने, औद्योगिक क्षेत्रमा विदेशी लगानी भिर्त्याउन कूटनीतिक नियोग प्रयोग गरिने
- लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योगहरू सञ्चालन, खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन समिति गठन गरिने,
- पुनः सञ्चालनको सम्भावना रहेका हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चलनमा ल्याइने। हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन अध्ययन गरिने
- पर्यावरणमा असर नपर्ने गरी ढुंगा, गिटी, बालुवा निर्यातका लागि अध्ययन गरिने
- तिलगंगा आँखा अस्पतालबाट उत्पादित लेन्स विश्वबजारमा ब्रान्डिङ गरिने
- अस्वस्थ र ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा,ङंपलब्ध गराउने नीति लिइने
- नदी किनारमा रहेका भूमि-आवासविहीनलाई सथानान्तेरण गरिने
- सडक, रेल, जलमार्ग, हवाई क्षेत्र समेट्ने,गरी एकीकृत राष्ट्रिय गुरुयोजना तयार गर्ने घोषणा
- तयारी पूरा भएका परियोजनालाई मात्रै बजेट दिइने
- उस्तै प्रकृतिका सरकारी कम्पनी मर्जरमा जोड दिइने
- आवास तथा बस्ती विक्रासमा तिन तहका सरकारको भूमिका स्पष्ट हुने गरी मौजुदा नीति तथा कानुनमा परिमार्जन गरिने
- मध्यपहाडी लोकमार्ग आसपासका दशवटा नयाँ सहरलाई पहिचानयुक्त सहरको रूपमा बिकास गरिने
- काठमाडौं उपल्यंकालगायत मुलुकका विभिन्न भूभागका ठूला सहरको फोहोरमैलाको दिगो र निर्वाध व्यवस्थापनका लागि नीतिगत र संस्थागत प्रबन्ध गरिने
- जलवायु परिवर्तनका असर र प्रभावलाई सामना गर्न उत्थानशीलता वृद्धि गरिने
- बहुतले भवनमा हुन सक्ने आगलागी, वन डढेलोलगायतका घटना नियन्त्रणका लागि उपयुक्त आधुनिक उपकरणको व्यवस्था गरिने
- महिला तथा किशोरीविरुद्ध हुने सबै प्रकारका हिँसा, विभेद र शोषणको अन्त्य गरिने, सबैखाले बालश्रम शोषणको अन्त्य गरिने
- सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनर्संरचना गरी आयुर्वेदिक औषिधको उत्पादन र उपलब्धता वृद्धि गरिने
- युवा र उद्यमशीलतासँग सम्बन्धित कोषहरूलाई एकीकरण गरिने
- मर्यादित श्रमसहितको रोजगारीको सुनिशचितता गरिनेछ, श्रमिकको हक अधिकार र न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिने
- युवासँग सरकार, हुनेछैनन् बेरोजगार अभियानअन्तर्गत आँगामी दुई वर्षभित्र पाँच लाख थप आन्तरिक रोजगारी सिर्जना गरिने
- तीन वर्षभित्र जग्गाधनी प्रमाणपुर्जा, बैंक खाता, स्थायी लेखा नम्बर र सवारीचालक अनुमतिपत्र जारी गर्दा अन्निवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्नुपर्ने