कानुनको शासन,विकासक्रम र आधारभुत पक्षहरू
कानुनको शासन (Rule of law)
- लोकतान्त्रिक निर्वाचन पद्धतीबाट निर्वाचिन जनप्रतिनिधीहरूले तयार गरेको कानुनले शासनका हरेक पक्षहरू निर्देशित गर्ने र उक्त कानुन भन्दा माथी शासकहरू हुन नसक्ने अवस्थाको विद्वबमानतानै कानुनको शासन हो ।
- It is more proper that law should govern than any one of the citizen : Aristotle
- A.V Diecy का कानुनको शासन सम्बन्धी ३ सिद्धान्तहरू:
- कानुनको सर्बोच्चता (Supremacy of law )
- कानूनको अगाडि समानता (Equality before law)
- संविधान सामान्य कानूनको परिणाम (Constitution is result of common/general law)
- कानुनको शासन शुसासनको पूर्वसर्त हो भने सभ्य समाजको आधारसिला हो ।
- कानुन हुँदैमा कानुनको शासन हुँदैन । निरकुंश सरकारले आफ्नो देशका नागरिकहरूलाई व्यबस्थित नियन्त्रण गर्न कानुन निर्माण गर्दछन् र उक्त कानुन उक्त देशका जनताले पालना गर्नुपर्ने हुन्छ भने त्यो कानुनद्वारा शासन (Rule by law ) हो, Rule of law होइन ।
- न्यायपूर्ण, बैधानिक र लोकतान्त्रिक व्यबस्था अन्तरगतको कानुनबाट शासन सत्ता संचालित हुने अवस्था नै कानुनको शासन हो । यो कानुनले नै राज्य गर्दछ भन्ने मान्यता हो ।
विकासक्रम
- म्याग्नाकार्टा (१२१५)
- न्यायाधीश कोकको न्यायीक पुनराबलोकन सम्बन्धी फैसला (सन् १६१०)
- Petition of Rights(१६२८)
- Bill of Rights (१६८८)
- Montesquieu:The Spirit of the Laws(१७४८)
- अमेरिकी स्वतन्त्रताको घोषणा (१७७६)
- फ्रान्सेली राज्यक्रान्ती (१७८९)
- नियन्त्रण र सन्तुलन सिद्धान्त (कान्ट, जोन आडम्बस)
- A.V Dicey:Law of constitution (१८८५)
- UN Charter (१९४५)
- UDHR (१९४८)
कानुनको शासनका आधारभुत पक्षहरू/पूर्वशर्त/विषेशता/तत्व
- कानुनको सर्बोच्चता
- स्वेच्छाचारिताको अभाव ह्वर्जीवी
- सिमित सरकार
- जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ता
- बालिग मताधिकार र आवधिक निर्वाचन
- स्वतन्त्र न्यायपालिका र न्यायीक पुनरावलोकन
- शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन
- मौलिक हक तथा मानवअधिकारको रक्षा
- प्रेस स्वतन्त्रता
- लोकतान्त्रिक मुल्य मान्यताको अवलम्बन
- अनुमानयोग्यता
- संविधानवाद