राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय
- सरकारले राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको छ।
- निर्णय मिति : २०८० जेठ ९ (मन्त्रिपरिषदको बैठक)
- वि.सं. २०७५ असोज २ गते नेपालमा सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षा दिनेसम्बन्धी ऐन पारित भएको दिनको सम्झनामा यो दिवन मनाउने निर्णय भएको हो।
- वि.सं. २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो।
- २०६२/०६३ सालको परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ मा मनाउने गरिएको थियो र अब यस वर्ष देखि असोज २ गते मनाइने भएको छ।