सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति
- पासाङ दावा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको २७ औँ पटक सफलतापूर्वक आरोहण गर्ने दोस्रो व्यक्ति बनेका छन् ।
- आरोहण मिति: २०८० जेठ ८
- योसँगै पासाङदावाले कामीरिता शेर्पासँग सर्वाधिक २७औँ पटक आरोहणको विश्व कीर्तिमान बराबरी गरेका छन्।
- यसअघि २०८० बैशाख ३१ मा पासाङदावाले २६औँ पटक सगरमाथा आरोहण गरेर रेकर्ड भेट्टाएलगत्तै ३ जेठमा कामीरिताले २७औँ पटक शिखर चुमेर नयाँ कीर्तिमान बनाएका थिए । यो कीर्तिमान पनि पासाङदावाले बराबरी गरेका छन् ।
- सन् १९५३ मे २९ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलो पटक सगरमाथा गरेका थिए ।