छैटौं हिन्द महासागरीय सम्मेलन (Indian Ocean Conference)
- आयोजक : ढाका, बंगलादेश
- मिति: १२ – १३ मे २०२३
- सम्मेलनको नारा : “शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी” / ” Peace Prosperity and Partnership for a Resilient Future”
- यस सम्मेलनमा नेपालबाट परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले प्रतिनिधित्व गरेका थिए।
सम्मेलनको उद्देश्य:
- हिमाल र महासागरबिचको प्राकृतिक सम्बन्ध सुदृढ हुनुपर्ने,
- हिन्द प्रशान्त क्षेत्रमा वास्तविक, सुदृढ र जिम्मेवार रूपमा सबै मुलुकले आपसी सहकार्य गर्नुपर्ने,
- हिन्द महासागरको रणनीतिक, आर्थिक र वातावरणीय महत्वमा जोड एवं तटीय र दुर्गम क्षेत्रको जनजीवनमा जलवायु परिवर्तनको असरलाई सबैले मिलेर सम्बोधन गर्नुपर्ने