बजेटको इतिहास
- नेपालमा वि. सं. २००८ सालदेखि वार्षिक बजेट प्रस्तुत गर्ने ब्यवस्थाको थालनी भएको हो।
- नेपालमा सर्वप्रथम बजेट वि. सं. २००८ माघ २१ मा तत्कालीन अर्थमन्त्रि सुवर्ण शमशेरले पेश गरेका थिए।
- पहिलो बजेटको आकार ५ करोड २५ लाखको थियो।
- पहिलोपटक बजेट मातृका प्रसाद कोइरालाको पालामा आएको थियो।
- नेपालमा वि. सं. २०१३ सालबाट योजनाबद्ध विकासका सुरुवात भएको हो ।
- आर्थिक वर्ष २०१३/१४ देखि पञ्चवर्षीय योजनाको थालनी भयो ।
- सबैभन्दा धेरै पटक बजेट पेश गर्ने अर्थमन्त्रि महेश आचार्य (७ पटक)
- हालसम्म ३४ जना अर्थमन्त्रिले बजेट पेश गरेका छन् ।
- विश्वमा बजेट भाषण गर्ने प्रचलनको सुरुवात बेलायतबाट सन् १७३३ मा भएको हो ।