• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Others

      • Home
      • Blog
      • Others
      • अन्तराष्ट्रिय सम्बन्ध तथा संघ/संस्था

      अन्तराष्ट्रिय सम्बन्ध तथा संघ/संस्था

      • Posted by Bijeta Kunwar
      • Categories Others
      • Date June 5, 2023

      १. नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो राष्ट्र बेलायत हो भने दोस्रो राष्ट्र कुन हो ?
      उतर: संयुक्त राज्य अमेरिका (USA)

      २. भारतपछि कुन सार्क राष्ट्रसँग नेपालको दौत्य सम्बन्ध कायम भएको थियो ?
      उतर: श्रीलंका

      ३. हरेक वर्ष संयुक्त राष्ट्र संघीय महासभाको वैठक कहिले सूरु हुन्छ ?
      उतर: सेप्टेम्बर महिनाको तेस्रो मंगलबार

      ४. संयुक्त राष्ट्र संघका संस्थापक राष्ट्र कतिवटा छन्‌ ?
      उतर: ५१ वटा (५१ औँ राष्ट्र: पोल्याण्ड)

      ५. संयुक्त राष्ट्र संघका सुरक्षा परिषद्मा भिटो प्रयोग गर्न पाउने राष्ट्रको संख्या कति छ ?
      उतर: ५ बटा

      ६. अफ्रो-एसियाली मुलुकबाट सुरक्षा परिषद्मा कति राष्ट्र प्रतिनिधित्व रहन्छ ?
      उतर: ५ वटा

      ७. सुरक्षा परिषद्मा सर्वप्रथम भिटो प्रयोग गर्ने राष्ट्र कुन हो?
      उतर: बेलायत

      ८. संयुक्त राष्ट्र संघको प्रथम सचिव को हुन्‌ ?
      उतर: ट्रिग्भे लि

      ९. संयुक्त राष्ट्र संघको हालका महासचिव एन्टोनियो गुटेरेस कुन देशका नागरिक हुन्‌ ?
      उतर: पोर्चुगल

      १०. नेपालले संयुक्त राष्ट्र संघको सदस्य कहिले प्राप्त गरेको हो?
      उतर: सन्‌ १९५५ डिसेम्बर १४

      ११. संयुक्त राष्ट्र संघको तर्फबाट शान्ति स्थापनार्थ खटिएका सैनिकलाई के भनिन्छ ?
      उतर: ब्लु हेल्मेट्स

      १२. संयुक्त राष्ट्र संघले सन्‌ २०११ लाई कुन वर्षको रुपमा मनाइएको थियो ?
      उतर: अन्तराष्ट्रिय फलफुल तथा तरकारी वर्ष

      १३. संयुक्त राष्ट्र संघीय विश्वविद्यालय कुन देशमा छ ?
      उतर: जापान

      १४. संयुक्त राष्ट्र संघको वडा पत्रमा कति धारा छन्‌ ?
      उतर: १११ धारा

      १५. अन्तराष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ रहेको छ?
      उतर: द हेग

      १६. संयुक्त राष्ट्र संघमा उपमहासचिवको नियुक्ति गर्ने व्यवस्था कहिले देखि भएको हो?
      उतर: सन्‌ १९९८

      १७. संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद्मा कति सदस्य हुन्छन्‌ ?
      उतर: ५४

      १८. सार्कको स्थापना कहिले भयो ?
      उतर: सन्‌ १९८५ डिसेम्बर ८

      १९. सार्कमा सम्मिलित राष्ट्रहरु कतिवटा छन्‌ ?
      उतर: ८ वटा (भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, भुटान र माल्दिभ्स)

      २०. सार्क वडा पत्रमा कति धारा छन्‌ ?
      उतर: १० धारा

      २१. SAARC को पुरा रुप के हुन्छ?
      उतर: South Asian Associaton for Regional Co-operation (दक्षिण एसिया क्षेत्रिय सहयोग संगठन)

      २२. सार्कमा नेपालको तर्फबाट महासचिव भएको व्यक्ति को हुन्‌ ?
      उतर: यादवकान्त सिलवाल

      २३. सार्कको प्रथम महासचिव को हन्‌ ? (पदावधि ३ वर्ष)
      उतर: अबुल अहसन

      २४, सार्क राष्ट्रमा रहेका तालहरु मध्ये सबैभन्दा ठुलो ताल चिल्का ताल कुन देशमा रहेको छ?
      उतर: भारत

      २५. सबैभन्दा पछि संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भएको सार्क राष्ट्र कुन हो?
      उतर: बङ्गलादेश

      २६. सार्कको १७ औँ शिखर सम्मेलन कुन देशमा सम्पन्न भयो ?
      उतर: माल्दिभ्स

      २७. नेपालले सार्कको कति प्रतिशत खर्च व्यहोर्छ ?
      उतर: १०.७२ प्रतिशत

      २८. सार्क वडा पत्रमा हस्ताक्षर गर्ने एक मात्र प्रधानमन्त्री को हुन्‌ ?
      उतर: राजीव गान्धी (भारत), नेपालको राजा: श्री ५ विरेन्द्र

      २९. कुन देशको सरकारी टेलिभिजनलाई रुपावाहिनी भनिन्छ ?
      उतर: श्रीलङ्का (राष्ट्रिय जनवार: सिंह)

      ३०. सार्कहरु मध्ये सबैभन्दा बढी साक्षर भएको राष्ट्र कुन हो?
      उतर: माल्दिभ्स

      ३१. राजतन्त्र भएको एकमात्र सार्क राष्ट्र कुन हो ?
      उतर: भुटान

      ३२. सार्कको प्रतीक चिह्न (लोगो) बनाउने व्यक्ति को हुन्‌ ?
      उतर: शैलेन्द्र महर्जन (नेपाल)

      ३३. काठमाण्डौबाट सबैभन्दा नजिकको सार्क राष्ट्रको राजधानी कुन हो?
      उतर: थिम्पु (भुटानको-४०० कि.मि.)

      ३४. नेपालको अन्तर्राष्ट्रिय टेलिफोन कोड नं. कति हो?
      उतर: ००९७७

      ३५. हालसम्म सार्कको शिखर सम्मेलन आयोजना नगर्ने राष्ट्र कुन हो?
      उतर: अफगानिस्तान

      ३६. “डुकर एयर” कुन देशको सरकारी वायु सेवा हो ?
      उतर: भुटान

      ३७. प्रथम सार्क खेलकुद (साग) कुन देशमा आयोजना भएको थियो ?
      उतर: नेपाल

      ३८. सार्क सचिवालयको स्थापना कहिले भएको हो ?
      उतर: सन्‌ १९८७

      ३९. सार्कका कतिवटा भूपरिवेष्ठित राष्ट्रहरु छन्‌ ?
      उतर: ३ वटा

      ४०. SAARC University (सार्क विश्वविद्यालय) कहाँ छ ?
      उतर: नयाँदिल्ली (भारत)

      ४१. चट्टानको देश उपनामले चिनिने सार्क राष्ट्र कुन हो ?
      उतर: भुटान

      ४२. संयुक्त राष्ट्र संघको प्रधान कार्यालय कहाँ रहेको छ ?
      उतर: न्युयोर्क

      ४३. संयुक्त राष्ट्र संघीय बालकोष (UNICEF) को स्थापना कहिले भएको हो?
      उतर: सन्‌ १९४६ डिसेम्बर १

      ४४, सन्‌ २००८ लाई सार्कले कुन वर्षको रुपमा मनाइयो ?
      उतर: सार्क असल शासन वर्ष

      ४५, आफ्नो पदबाट राजिनामा दिने सार्कको एकमात्र महासचिव को हुन्‌ ?
      उतर: फथिमाथ धियना सइद (माल्दिभ्स)

      ४६. नेपालको कुटनैतिक सम्बन्ध स्थापना भएको अमेरिकी महादेशको पहिलो राष्ट्र कुन हो?
      उतर: अर्जेन्टिना

      ४७. अफनानिस्तानले सार्कको कति औँ शिखर सम्मेलनमा सदस्यता पाएको हो ?
      उतर: १३ औँ

      ४८. संयुक्त राष्ट्र संघ (UNO)का लागि पहिलो नेपाली स्थायी प्रतिनिधी को हुन्‌ ?
      उतर: क्रषिकेश शाह

      ४९. संयुक्त राष्ट्र संघ त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?
      उतर: इण्डोनेसिया

      ५०. बिमस्टेक (BIMSTEC) को स्थापना कहिले भएको हो ?
      उतर: सन्‌ १९९७ जुन ६

      ५१, बिमस्टेकको सदस्यता नेपालले कहिले प्राप्त गस्यो ?
      उतर: सन्‌ २००४

      ५२. बिमस्टेक (BIMSTEC) मा हाल कति राष्ट्र सदस्य रहेका छन्‌ ?
      उतर: ७ वटा (बंगलादेश, भुटान, भारत, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्याण्ड)

      ५३. बिमस्टेक (BIMSTEC) को सचिवालय कहाँ छ?
      उतर: बंगलादेश

      ५४, क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो र सानो सार्क राष्ट्र कुन कुन हो?
      उतर: ठुलो: भारत (३२,८७,२६३ वर्ग कि.मि.) र सानो: माल्दिभ्स (२९८ वर्ग कि.मि.)

      ५५, बिमस्टेकको चौथो शिखर सम्मेलनमा नेपालको तर्फबाट सहभागी भएको व्यक्ति को हुन्‌?
      उतर: के.पी.शर्मा ओली (प्रधानमन्त्री)

      • Share:
      author avatar
      Bijeta Kunwar

      Previous post

      16th IPL पुरस्कार सूची
      June 5, 2023

      Next post

      नेपालको प्रमाणिक समय (Nepal's Standard Time)
      June 5, 2023

      You may also like

      Nepal_Office_Of_Prime_Minister_and_Council_of_Minister1652590413_10241689126449_1024
      संवैधानिक निकायहरूका पदाधिकारीहरुको नियुक्ति सम्बन्धी कानूनी व्यवस्था
      24 September, 2023
      download
      व्यक्तिगत घटना दर्ता सम्बन्धी धेरैजसो सोधिने प्रश्नहरु र द्रुत तथ्यहरू
      24 September, 2023
      pratha2022-01-28-03-57-23
      नेपालका १४ प्रथाहरु
      24 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?