शनिले तोड्यो बृहस्पतिको रेकर्ड,पुन बन्यो सर्वाधिक उपग्रह भएको ग्रह
- बृहस्पतिको उपग्रह : ९५ वटा
- शनि ग्रहको उपग्रह : १४५ वटा
- शनिको थप ६२ उपग्रहृहरु पत्ता लागेसँगै बृहस्पतिलाई फराकिलो दूरीमा उछिन्यो ।
- गत फेब्रुअरी महिनामा बृहस्पतिको नजिक १२ वटा नयाँ उपग्रह फेला परेका थिए । त्योसँगै बृहस्पतिका उपग्रहको संख्या बढेर ९५ पुगेको थियो ।
- तर अब १४५ उपग्रहसहित शनि ग्रह सर्वाधिक उपग्रह भएको ग्रह बनेको अन्तर्राष्ट्रिय खगोलविज्ञान संघले जनाएको छ ।
- नासाका अनुसार शनिको पहिलो उपग्रह टाइटनलाई सन् १६४४ मा डच वैज्ञानिक क्रिस्टियान ह्युजेन्सले पत्ता लगाएका थिए ।