• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Gorkhapatra

      • Home
      • Blog
      • Gorkhapatra
      • लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

      लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

      • Posted by Bijeta Kunwar
      • Categories Gorkhapatra
      • Date June 14, 2023

      १. विसं २०८० जेठ २७ मा सम्पन्न ‘सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन’ को उपाधि जित्ने क्लब कुन हो ?

       चर्च ब्वाइज युनाइटेड (उपविजेता : मच्छिन्द्र फुटबल क्लब)

      – चर्च ब्वाइज ‘ए’ डिभिजन लिगको पहिलो सहभागितामा नै लिग च्याम्पियन हुन सफल भएको । गत वर्ष ‘बी’ डिभिजन लिग च्याम्पियन भएर चर्च ब्वाइजले यस पटक पहिलो पल्ट घरेलु शीर्ष लिग खेलेको थियो ।

      – चर्च ब्वाइज डेब्युमै उपाधि जित्ने दोस्रो टोली हो । यसअघि मनाङ–मस्र्याङ्दी क्लबले २०४३ सालमा डेब्युमै लिग च्याम्पियन बन्ने सौभाग्य प्राप्त गरेको थियो । 

      – उपाधि विजेता चर्च ब्वाइजले ७५ लाख रुपियाँ पुरस्कार हात पारेको छ । त्यस्तै उपविजेता मच्छिन्द्र फुटबल क्लबले ५० लाख रुपियाँ तथा तृतीय स्थान हासिल गरेको नेपाल पुलिस क्लबले ३५ लाख रुपियाँ प्राप्त गरेको छ । 

      २. बैङ्किङ प्रविधि क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’ बाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?

       ग्लोबल आइएमई बैङ्क

      – नवीनतम ग्राहक केन्द्रित आविष्कारहरूको सर्जक बैङ्कहरूलाई प्राविधिक रूपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजीमा सृजनशीलता जस्ता तथ्यलाई आधार मानी यो अवार्ड प्रदान गर्ने गरिएको ।

      – डिजिटल ट्रान्सफर्मेसन, टेक्नोलोजीमा नवीनता एवं उत्कृष्टता र यसको सही सदुपयोग गर्दै उत्तरदायी तथा सुरक्षित बैङ्किङमार्पmत सेवा प्रवाह गरेबापत अवार्ड प्रदान गरिएको जनाइएको ।

      ३. पहिलो पल्ट गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय सङ्गीत सम्मान कसलाई प्रदान गरियो ?

       गीतकार किरण खरेल

      – त्यसै गरी तारावीरसिंह तुलाधरलाई प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सम्मान एवं गायिका मिलन नेवारलाई प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा सङ्गीत पुरस्कार प्रदान गरिएको छ ।

      – गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले पहिलो पटक अमर गायक प्रेमध्वज प्रधानको स्मरणमा गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

      ४. सरकारले विसं २०८० जेठमा कतिवटा हिमचुचुरालाई आरोहणका लागि खुला गरेको छ ? 

       पाँच वटा

      – योसँगै आरोहणका लागि खुला चुचुराको सङ्ख्या ४२० पुगेको छ । 

      – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल हिमशृङ्खलामा पर्ने पाँच वटा चुचुरा आरोहणका लागि खुला भएका छन् । 

      ५. विसं २०८० मा प्रदान गरिने हृदयचन्द्र सिंह स्मृति पुरस्कार कसलाई प्रदान गरियो ? 

       प्रगतिवादी साहित्यकार मोहनविव्रmम सिंह

      ६. विश्व बैङ्कद्वारा सन् २०२३ जुन ६ मा प्रकाशित ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स अनुसार सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? 

       ४.१ प्रतिशत

      – चालु आर्थिक वर्षमा नेपालले ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । प्रतिवेदन अनुसार आगामी आवमा नेपालको वृद्धिदर ४.९ प्रतिशत पुग्ने छ । 

      – दक्षिण एसियाली मुलुुकमध्ये चालु आवमा सबैभन्दा धेरै भारतले ७.२ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण रहेको छ । त्यसपछि माल्दिभ्सले ६.६ प्रतिशत, बङ्गलादेशले ५.२ प्रतिशत, भुटानले ४.५ प्रतिशत वृद्धिदर हासिल गर्ने विश्व बैङ्कको प्रक्षेपण रहेको छ । 

      – पाकिस्तानको अत्यन्त न्यून ०.४ प्रतिशत वृद्धिदर हुँदा श्रीलङ्काको वृद्धिदर ४.३ प्रतिशतले नकारात्मक हुने प्रक्षेपण गरिएको छ । 

      – प्रतिवेदनमा विश्वका विकसित दशहरूले मौद्रिक नीतिमा लिएको कडाइले दक्षिण एसियाली मुलुक प्रभावित भए पनि सन् २०२२ को दोस्रो त्रैमासपछि त्यसको प्रभाव बिस्तारै कम भएको उल्लेख गरिएको छ । यद्यपि, आर्थिक वृद्धिमा भएको सुस्तताले भने निरन्तरता पाएको उल्लेख गरिएको छ । 

      – खास गरी श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानले गहिरो आन्तरिक सङ्कट बेहोर्नु परेको प्रतिवेदनले उल्लेख गरेको छ । नीतिगत अनिश्चितता र आयातका लागि विदेशी मुद्रा सञ्चितिको अपर्याप्तता जस्ता सङ्कट दक्षिण एसियाली मुलुकले भोग्नु परेको पाइएको छ ।

      – प्रतिवेदनले समग्रमा दक्षिण एसियाली क्षेत्रको वृद्धिदर सन् २०२३ मा औसतमा ५.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । त्यस्तै सन् २०२४ मा यस्तो वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण छ । उच्च सरकारी र बाह्य ऋण, न्यून विदेशी मुद्राको सञ्चिति र सामाजिक आर्थिक दबाबले यस क्षेत्रको आर्थिक वृद्धिदरलाई असर पु¥याउने अनुमान रहेको छ ।

      ७. ‘सानै छु बढ्न देऊ : बालविवाह होइन पढ्न देऊ’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?

       सुदूरपश्चिम प्रदेश

      ८. आइएसओ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो नगरपालिका कुन हो ?

       तिलोत्तमा नगरपालिका (रुपन्देही)

      ९. नेपाली स्याटेलाइट ‘नेपाली स्याट–१’ अन्तरिक्षमा कति दिन रहेर खसेको हो ?

       ८४१ दिन

      – नेपाली युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभास मास्केले बनाएको ‘नेपाली स्याट–१’ नामक भू–उपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको हो ।

      – सो भू–उपग्रहले अन्तरिक्षमा रहँदा पृथ्वीलाई १३ हजार ४५६ फन्को लगाएको थियो ।

      – नेपाली स्याटसँगै अन्तरिक्षमा छाडिएको श्रीलङ्काको राभाना–१ भू–उपग्रह पनि खसेको थियो ।

      – ‘नेपाली स्याट–१’ २०७६ वैशाख ५ गते अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो । 

      १०. आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत कति वटा निकाय खारेजी तथा गाभिने घोषणा गरिएको छ ? 

       २० वटा

      ११. सन् २०२४ को गृष्मकालीन ओलम्पिक खेलकुद कुन देशमा आयोजना हुने भएको छ ?

       फ्रान्स

      १२. ‘कल्पग्रन्थ’ नामक कृतिका लेखक कुमार नगरकोटी हुन् भने ‘मैले देखेको नेपाल’ नामक कृतिका लेखक को हुन् ?

       हर्क गुरुङ

      १३. गृष्मकालीन र शीतकालीन दुवै ओलम्पिक आयोजना गर्ने विश्वको पहिलो सहर कुन हो ?

       बेइजिङ 

      – सन् २०२२ मा २४ औँ शीतकालीन ओलम्पिक आयोजना गरेको बेइजिङले सन् २००८ मा गृष्मकालीन खेलकुद आयोजना गरेको थियो । 

      – २४ औँ शीतकालीन ओलम्पिकमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल राष्ट्र व्रmमशः नर्वे, जर्मनी 

      र चीन हुन् ।

      – २४ औँ शीतकालीन ओलम्पिकमा पहिलो स्वर्ण पदक जित्न सफल खेलाडी थेरेसा जोहान (नर्वे) हुन् । 

      – सर्वाधिक स्वर्ण पदक जित्न सफल खेलाडी नर्वेका जोहानेस बोेस (चार स्वर्ण र एक कांस्य) हुन् ।

      – यस खेलकुद प्रतियोगिताको नारा : टुगेदर फर अ सेयरड फ्युचर (साझा भविष्यका लागि एकजुट) रहेको छ ।

      – ९१ देशका दुई हजार ८७१ खेलाडीको सहभागिता रहेको,

      – सात खेल तथा १५ इभेन्ट समावेश, 

      – पदक हासिल गर्न सफल राष्ट्र ः २७ (९१ राष्ट्रमध्ये),

      – अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलियालगायत १५ राष्ट्रले यस ओलम्पिकमा आफ्ना खेलाडी पठाए पनि कूटनीतिक बहिष्कार गरेका, 

      – २५ औँ शीतकालीन ओलम्पिक सन् २०२६ मा इटालीको मिलान कोर्टिनामा हुने छ ।

      – शीतकालीन ओलम्पिकमा हालसम्म नेपालको सहभागिता नभएको, 

      – पहिलो शीतकालीन ओलम्पिक खेलकुद सन् १९२४ मा आयोजना भएको हो ।

      १४. विराटनगर–जोगवनी संयुक्त भन्सार नाकामा मालवाहक रेल सेवा कहिलेदेखि सुरु भएको हो ? 

       विसं २०८० जेठ १८

      – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेसँगै विराटनगर–जोगवनी नाकामा रहेको संयुक्त भन्सार जाँच चौकीसम्म भारतीय मालवाहक रेलसेवा सञ्चालनमा आएको छ । 

      – आइसिपीसम्म मालवाहक रेल सेवा सुरु भएपछि व्यवसायीले दोहोरो झन्झट खेप्नु नपर्ने र ढुवानी खर्च पनि घट्ने भएको छ । 

      १५. विश्व दुध दिवस कहिले मनाइन्छ ?

       जुन १

      – सन् २०३३ को नारा ः दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार 

      – विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पु¥याएको योगदानको मनन गर्दै दुधको उपभोग वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले सन् २००१ जुन १ देखि यो दिवस मनाउन सुरु गरेको हो । 

      – नेपालमा यो दिवस सन् २०११ देखि मनाउन सुरु गरिएको हो । 

      १६. रानाथारू समुदायबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति को हुनुहुन्छ ? 

       धनगढीकी जीवन राना

      १७. संयुक्त राष्ट्रसङ्घले सन् २०२५ मा आयोजना हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–३०) का लागि चयन गरेको ठाउँ कुन हो ? 

       ब्राजिल

      प्रस्तुतकर्ता : टङ्क केसी

      Source : Gorkhapatra

      • Share:
      author avatar
      Bijeta Kunwar

      Previous post

      नेपालको इतिहासमा भएका विभिन्न पर्व, युद्ध, सन्धी र तिनका मिति
      June 14, 2023

      Next post

      लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
      June 14, 2023

      You may also like

      bisayagat-12
      लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
      20 September, 2023
      bastu-12
      लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
      20 September, 2023
      bisayagat-12
      लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
      13 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?