गोदावरी-फूल्चोकी वन संरक्षण क्षेत्र
- ललितपुरको गोदावरी र काभ्रेपलाञ्चोकको फूलचोकीडाँडा लगायत भागलाई समेटेर सरकारले ‘गोदावरी-फूल्चोकी वन संरक्षण क्षेत्र’ घोषणा गरेको।
- मिति : २०७९ असार २ (वन तथा वातावरण मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर घोषणा गरेको)
- क्षेत्रफल : २१२८.८८ (ललितपुर जिल्ला तर्फ २०७८.३५ र काभ्रेपलाञ्चोक जिल्ला तर्फ ५०.५३ हेक्टर)
- नयाँ वन ऐन (वन ऐन २०७६) अनुसार घोषणा गरिएको यो पहिलो वन संरक्षण क्षेत्र हो।
- सर्वोच्चले २०७२ को वैशाख ३ गते फूल्चोकी क्षेत्रलाई प्रचलित कानुनबमोजिम आरक्ष, निकुञ्ज वा जे उपयुक्त हुन्छ घोषणा गर्न सरकारलाई आदेश दिएको थियो । त्यसको सात वर्ष पश्चात अर्थात २०७९ असारमा वन संरक्षण क्षेत्र घोषणा गरिएको |