सबैभन्दा ठूलो र बढी तौल भएको मृगौला पत्थरीको विश्व रेकर्ड :
- श्रीलंकाका ६२ वर्षीय सेवानिवृत्त सैनिक क्यानिस्टस कोन्धेको मृगौलाबाट विश्वकै सबैभन्दा ठूलो पत्थरी निकालिएको छ ।
- मिति: १ जुन २०२३
- श्रीलङ्काली सेनाका डा. के सुदर्शनको टोलीले मिर्गौलाको पत्थरी निकालेको हो |
- १३.३७ सेमी लम्बाइ, १०.५५ सेन्टिमिटर चौडाइ र ८०१ ग्राम तोल भएको, यो संसारको सबैभन्दा ठूलो र भारी मृगौला पत्थर हो।
- यसअघि सन् २००४ मा विलास घुगे नामका भारतीय व्यक्तिको मिर्गौलाबाट विश्वको सबैभन्दा लामो १३ सेन्टिमिटरको पत्थरी निकालिएको थियो।
मृगौला पत्थरी सम्बन्धी अन्य विश्व रेकर्ड
सबैभन्दा महँगो मिर्गौलाको पत्थरी
- १८ जनवरी २००६ मा, अमेरिकी अभिनेता विलियम शाटनरको मृगौलाबाट निकालिएको पत्थर २५ हजार डलरमा बेचिएको थियो । उनले बिक्रीबाट प्राप्त रकम ह्याबिट्याट फर ह्युम्यानिटी हाउसिङ च्यारिटीलाई दान दिएका थिए।
सबैभन्दा कान्छो व्यक्तिको मृगौलाबाट पत्थरी निकालिएको
- सन् १९९३ अक्टोबर ५ मा अमेरिकाका जोसुवा प्राइस ६ वर्ष २९८ दिनका थिए जब उनको बायाँ मृगौलाबाट मृगौलाको पत्थरी निकालिएको थियो ।
मृगौलाबाट सबैभन्दा बढी पत्थरी निकालिएको
- सन् २००९ डिसेम्बर ८ मा भारतका धनराज वाडीलेको मृगौलाबाट हालसम्मकै सबैभन्दा बढी १ लाख ७२ हजार १ सय ५५ वटा मृगौला पत्थरीहरु निकालिएको थियो ।