दक्षिण एसियामा समलिंगी विवाह मान्यता पाउने नेपाल पहिलो देश
- वि.सं. २०८० असार १२ गते
- सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ता गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको ।
- यससँगै नेपाल एसियामा दोस्रो राष्ट्र र दक्षिण एसियामा पहिलो राष्ट्र बनेको हो ।
- समलिङ्गी विवाहलाई मान्यता दिने विश्वमा नेपाल ३३ औँ देश हो ।
- एसियाली देशहरुमध्ये ताइवान समलिङ्गी विवाहलाई मान्यता दिने पहिलो देश हो ।
- सन् २००० मा नेदरल्यान्डले विश्वमा पहिलो पटक समलिंगी विवाहलाई मान्यता दिएको थियो ।
- महिला-महिला बीच हुने विवाह, पुरुष-पुरुष बीच हुने विवाह र तेस्रो लिङ्गी पुरुष र तेस्रो लिङ्गी महिलाबीच हुने विवाहलाई
समलिङ्गी विवाह भन्ने गरिएको छ ।