प्रशासकीय कार्य फछर्यौटको परिचय र उद्देश्यहरु
प्रशासकीय कार्य फछर्यौटको परिचय
- कुनै पनि संगठन तथा त्यसमा आवद्ध पदाधिकारीले आफूलाई तोकिएको कार्य तथा जिम्मेवारी बहन गर्ने प्रकृया वा पदधतीलाई प्रशासकीय कार्य फर्छ्यौट भनिन्छ ।
- यसले प्रशासनिक कार्य निर्दिष्ट परिमाण, समय, लागत र गुणस्तर अनुरुप सम्पादन भएको अवस्थालाई बुझाउँदछ ।
- यसलाई प्रशासनिक कार्य सम्पादन भनिन्छ ।
- यो संगठन, व्यवस्थापन तथा पदाधिकारीको मूल्याङ्कन आधार एवं सारभूत सूचक समेत हो।
- यो समय सापेक्ष र गतिशील हुन्छ ।
- सुशासन ( व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र नियमावली, २०६५ मा प्रशासकिय कार्य फर्छ्यौट सम्बन्धमा विविध व्यवस्था गरेको छ |
प्रशासकीय कार्य फर्छर्यौटका उद्देश्य
- प्रभावकारी सेवा प्रवाह गर्ने
- समयमै कार्य सम्पादन गर्ने
- सुशासन प्रवर्धन गर्ने
- स्रोत र साधनको मितव्ययी रुपमा परिचालन गर्ने
- संगठनको बैधता तथा दीगोपना कायम गर्ने
- सेवाप्रदायक र सेवाग्राही बीच सुसम्वन्ध स्थापना गर्ने
- सरकारका नीति, योजना, कार्यक्रम, आयोजना, बजेट तथा निर्णयको प्रभावकारी कार्यन्वयन गर्ने
- सार्वजनिक सेवाप्रवाहमा प्रभावकारिता हासिल गर्न