• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Current Affairs

      • Home
      • Blog
      • Current Affairs
      • द्वन्द्वका सकारात्मक एवं नकारात्मक प्रभाव

      द्वन्द्वका सकारात्मक एवं नकारात्मक प्रभाव

      • Posted by Bijeta Kunwar
      • Categories Current Affairs
      • Date July 17, 2023

      द्वन्द्वका सकारात्मक प्रभाव

      • आर्थिक, सामाजिक तथा विविध कारणले पिछडिएका, राज्यको मूल प्रवाहमा समाहित हुन नसकेका, बहिष्करण सीमान्तीकरणमा परेका वर्ग समुदायको आवाज तथा मागको सुनुवाइ हुने वातावरण सृजना गर्छ ।
      • नागरिकहरूलाई आफ्नो हक अधिकार प्रति सजग बनाउँदै नागरिक चेतनाको अभिवृद्धि हुन जान्छ ।
      • नवीनतम सोच र चिन्तनको विकासमा सहयोग गर्दछ ।
      • सामाजिक साँस्कृतिक रूपान्तरणमा सघाउ पुर्याउँछ ।
      • नेतृत्व क्षमताको विकास गर्छ ।
      • स्रोत साधनको वितरण तथा उपभोगमा समन्यायको आधार स्थापित गर्न योगदान गर्दछ ।
      • अधिकारवादी सोचको विकास गराउँछ ।
      • सामाजिक विभेद, कुरीति, कुप्रथा लगायतका समाजको विकास र प्रगतिको बाधकहरूको अन्त्य गर्न सघाउ पुर्याउँछ ।
      • उन्नत, विकसित तथा आधुनिक सोच र कार्यशैली भएको समाजको स्थापना गर्छ ।

      द्वन्द्वका नकारात्मक प्रभाव

      • सामाजिक समझदारी, सहिष्णुता, सहकार्य र एकता कमजोर हुन सक्छ ।
      • जिउ धनको सुरक्षामा चुनौतीहरू चुलिन सक्छन्‌ ।
      • हत्या, हिंसा, बलात्कार जस्ता सामाजिक हिंसालाई प्रोत्साहन पुग्न सक्छ।
      • सामाजिक विकास, उन्नयन र प्रगतिमा बाधा पर्न जान्छ ।
      • विकास गतिविधिहरूमा अवरोध सिर्जना भएमा विकासको लागत बढ्न सक्छ ।
      • मुलुकको अन्तर्राष्ट्रिय छवि बिग्रन सक्छ ।
      • प्रतिभा तथा लगानी पलायन हुन सक्छ ।
      • लगानीको वातावरण बिथोलिन सक्छ ।
      • गरिब, असहाय तथा राज्यको मूलाधारमा समाहित हुन नसकेका वर्ग, क्षेत्र झन्झन्‌ सीमान्तीकृत हुँदै जान्छन्‌।
      • मुलुकको जनसङ्ख्या विस्थापित हुन सक्छ ।
      • बाह्य हस्तक्षेप बढ्न गई मुलुकको सार्वभौमसत्ता तथा राष्ट्रिय अखण्डता र स्वाभिमानमा खतरा निम्तिन सक्छ।
      • सार्वजनिक सेवा वितरणमा असहजता र कठिनाइ उत्पन्न हुन जान्छ ।
      • Share:
      author avatar
      Bijeta Kunwar

      Previous post

      सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने र अन्तर्राष्ट्रिय खेल खेल्ने पाँच खेलाडी
      July 17, 2023

      Next post

      आर्थिक विकास परिचय | नेपालको आर्थिक विकासका प्रमुख समस्याहरु
      July 18, 2023

      You may also like

      khatun
      २९ औँ प्रकाश मानवअधिकार पुरस्कार
      22 September, 2023
      UNITED-nations
      संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
      20 September, 2023
      dsfv_fqbh0zabCJ
      संविधान दिवस
      20 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?