आर्थिक विकास परिचय | नेपालको आर्थिक विकासका प्रमुख समस्याहरु
आर्थिक विकास परिचय
- कुनै पनि क्षेत्रमा हुने सकारात्मक परिवर्तनलाई विकास भनिन्छ ।
- विकास बहुआयामिक विषय हो ।
- विकासका आयमहरुमध्ये एक प्रमुख आयाम आर्थिक विकास हो ।
- आर्थिक क्षेत्रमा हुने सकारात्मक परिवर्तनलाई आर्थिक विकास भनिन्छ ।
- समग्र आर्थिक क्षेत्रमा भएको परिमाणात्मक र गुणात्मक बृद्धिलाई नै आर्थिक विकासको रुपमा लिईन्छ।
- यसले मानव जीवनको समग्र विकास र सोको न्यायोचित वितरणलाई जोड दिन्छ ।
- यसको मापन मानव विकास सूचकाङ्क, लैङ्गिक विकास सूचकाङ्क र मानव गरिबी सूचकाङ्कलाई आधार मानेर गरिन्छ।
नेपालको आर्थिक विकासका प्रमुख समस्याहरु
नेपालको आर्थिक विकासका प्रमुख समस्याहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- बढ्दो बेरोजगारी
- गरिबी तथा गरिबीको दुष्चक्र
- दक्ष जनशक्तिको कमी
- बढ्दो भष्टाचार
- अनियन्त्रित जनसंख्या बृद्धि
- शान्ति सुरक्षाको अभाव
- अशिक्षा र जनचेतनाको कमी
- वातावरण प्रदुषण
- उद्योग व्यवसायको कमी
- बढ्दो व्यापार घाटा