• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Current Affairs

      • Home
      • Blog
      • Current Affairs
      • धेरै पानी पर्ने र गर्मी हुने स्थान

      धेरै पानी पर्ने र गर्मी हुने स्थान

      • Posted by Prija Shrestha
      • Categories Current Affairs
      • Date July 19, 2023

      संसारमा सबैभन्दा घेरै पानी पर्ने ५ ठाउँ

      • मसिनराम : भारतको मेघालय राज्यमा पर्ने मासिनराम एउय यस्तो गाउँ हो जहाँ संसारमा सबैभन्दा धेरै वर्षा हुन्छ । मासिनराम एक पहाडी स्थल हो । हिमालयका यकुराले बंगालको खाडीबाट आउने बादललाई रोकेसँगै त्यहाँ व्यापक वर्षा हुन्छ । मासिनराममा वार्षिक औषतमा ११ हजार ८७१ मिलिमिटर पानी पर्दछ । सन्‌ १९८५ मा मासिनराममा २६ हजार मिलिमिटर पानी परेको थियो ।
      • चेरापुन्जी : भारतको मेघालयमै मासिनराम भन्दा १५ किलोमिटर टाढा पर्ने चेरापुन्जी संसारमा सबैभन्दा धेरै पानी पर्ने ठाउँको दोस्रो स्थानमा पर्दछ । त्यहाँ वार्षिक औषत ११ हजार ७७७ मिलिमिटर वर्षा हुन्छ ।
      • टटेन्डो, कोलम्बिया : दक्षिण अमेरिकी मुलुक कोलम्बियाको टटेन्डो संसारमा तेश्रो सबैभन्दा धेरै पानी पर्ने ठाउँ हो ।उक्त ठाउँमा वार्षिक औषतमा ११ हजार ७७० मिलिमिटर पानी पर्दछ।
      • क्रोप्प नदी, न्यूजिल्याण्ड : ९ किलोमिटर लामो उक्त क्रोप्प नदी क्षेत्रमा निकै भारी वर्षा हुन्छ । क्रोप्प नदी क्षेत्रमा वाषिर्क औषतमा ११ हजार ५१६ मिलिमिटर वर्षा हुन्छ ।
      • सानो एन्टोनियो, अफ्रिका : इक्विटेरियल गिनीमा पर्ने सान एन्टोनियो डे पाले नामक ठाउँ विश्वको सर्वाधिक वर्ष हुने पाँचौँ स्थानमा पर्दछ । उक्त ठाउँमा वाषिर्क १० हजार ४५० मिलिमिटर वर्षा हुन्छ ।

      विश्वका अत्याधिक गर्मी हुने स्थान

      • डेथ भ्याली, क्यालिफोर्निया, अमेरिका : अमेरिकाको क्यालिफोर्नियामा रहेको डेथ भ्यालीको नाम अझै पनि तातो हावाका रुपमा रेकर्ड रहेको छ । १९१३ को गर्मीमा यहाँको तापक्रम ५६ दशमलव पाँच डिग्रीसम्म रहेको थियो। यहाँको औसत तापक्रम ४७ डिग्री सेल्सियस पुग्ने गरेको छ ।
      • अजिजियाह, लिबिया : लिबियाको राजधानी त्रिपोलीबाट २५ माइल टाढा अजिजियाह पृथ्वीको सबैभन्दा धेरै गर्मी हुने ठाउँ भएको दावी गरिएको थियो । १९२२ मा यहाँको तापक्रम ५८ डिग्री सेल्सियस रेकर्ड गरेको थियो । तर २०१२ मा मौसम विभागका अधिकारीहरुले यो विश्वको सबैभन्दा बढी गर्मी हुने ठाउँ नभएको बताए । यहाँको औसत तापमान ४८ डिग्री सेल्सियस हुने गरेको छ ।
      • दश्त ए लूट, इरान : यो मरुभूमि पृथ्वीको सबैभन्दा गर्मी ठाउँ मानिन्छ २००३ देखि २००९ को बीचमा भूउपग्रहबाट लिएको त्यस क्षेत्रको तापक्रम ७० दशमलब ७ डिग्री सेल्सियस मापन गरिएको थियो । यस क्षेत्रमा कुनै पनि प्राणी जीवित रहन सक्दैनन्‌। यहाँको औसत तापक्रम ४८ डिग्री सेल्सियससम्म रहन्छ ।
      • वदी हल्फा, सुडान : यो सहर सुडानको लेक नबियाको किनारमा छ। उक्त स्थानमा गत वर्ष पानी परेन । यस ठाउँमा सबैभन्दा बढी गर्मी जून महिनामा हुने गर्छ । यस महिनामा यहाँको तापक्रम करिब ४१ डिग्री सेल्सियस हुन्छ यहाँ १९६७ मा सबैभन्दा बढी गर्मी भएको रेर्कड राखिएको छ । त्यतिबेला त्यहाँको तापक्रम ५३ डिग्री सेल्सियस रहेको थियो ।
      • तिरुत जवी, इजरायल : तिरुत जवी एसियाकै सबैभन्दा गर्मी ठाउँ मानिन्छ १९४२ को जुनमा यहाँ ५४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । तर अहिले यस रेकर्डसम्बन्धी अनुसन्धानकर्ता क्रिस्येफर सीले पटक पटक प्रश्न उठाइरहेका छन्‌ ।
      • Share:
      author avatar
      Prija Shrestha

      Previous post

      नेपालको नदीनाला सम्बन्धी जानकारी
      July 19, 2023

      Next post

      नेपाल राष्ट्र बैंक : मुलुकको केन्द्रीय बैंक
      July 19, 2023

      You may also like

      khatun
      २९ औँ प्रकाश मानवअधिकार पुरस्कार
      22 September, 2023
      UNITED-nations
      संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
      20 September, 2023
      dsfv_fqbh0zabCJ
      संविधान दिवस
      20 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?