• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Current Affairs

      • Home
      • Blog
      • Current Affairs
      • विकास सहायता परिचालनमा गैससको भूमिकालाई प्रभावकारी बनाउने उपायहरू

      विकास सहायता परिचालनमा गैससको भूमिकालाई प्रभावकारी बनाउने उपायहरू

      • Posted by Bijeta Kunwar
      • Categories Current Affairs
      • Date July 20, 2023
      • गैससमार्फत सहायता परिचालन गर्दा राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा मात्र गर्ने,
      • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससले सहायता परिचालन गर्ने गरी आयोजना प्रस्तावतयार गर्दा नेपाल सरकारका विषयगत मन्त्रालयको समन्वयमा गर्ने,
      • आयोजना छनोट गर्दा सम्बन्धित स्थानीय तहको नेतृत्वमा आयोजना हुने सहभागितामूलक योजना तर्जुमा प्रक्रिया अवलम्बन गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने,
      • स्थानीय तहहरूसँग समन्वय गरेर मात्र आयोजना वा कार्यक्रमहरू सञ्चालन गर्ने,
      • सहायता परिचालनको आयोजनागत विवरण अर्थ मन्त्रालयमा रहेको सहायता सूचना व्यवस्थापन प्रणालीमा दोहोरो नपर्ने गरी प्रविष्टी गर्ने, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सोझै वा राष्ट्रिय गैससमार्फत सहायता परिचालन गर्दा धार्मिक एवं राजनीतिक संस्था तथा राष्ट्रिय संवेदनशीलताका क्षेत्रहरूबाहेकका विकासमूलक कार्यमा गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने,
      • भौगोलिक र कार्यक्षेत्रगत दोहोरोपना हटाउन अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सञ्चालन गर्ने आयोजनाको निश्चित विषयगत क्षेत्र र आयोजना सञ्चालन हुने भौगोलिक क्षेत्र तोक्ने,
      • नियामक निकायले यस्ता संस्थाहरूले सञ्चालन गरेका आयोजनाहरूको विद्युतीय नक्साङ्कन तयार गर्ने,
      • अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट सम्पादन हुने कार्यलाई मितव्ययी र पारदर्शी बनाउने,
      • आयव्यय तथा क्रियाकलापको विवरण वार्षिक रूपमा सार्वजनिकीकरण गरी पारदर्शिता कायम गर्ने,
      • आफूले कार्यक्रम सञ्चालन गरेको स्थानीय तहमा वर्षको एक पटक तेस्रो पक्षद्वारा त्यस्ता कार्यक्रमको परीक्षण गराउनुका साथै सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखापरीक्षणसमेत गराउनुपर्ने व्यवस्थाको कडाइका साथ कार्यान्वयन गर्ने,
      • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आफ्नै प्रयासमा सहायता परिचालन गर्दा कानुनबमोजिम समाज कल्याण परिषद्मार्फत गर्ने,

      गैरसरकारी संस्थाहरू विकासका साझेदार हुन्‌ । नागरिकअधिकारका पहरेदार पनि हुन्‌ । अन्तर्राष्ट्रिय विकास सहायता परिचालनमा गैरसरकारी संस्थाहरूलाई उपयोग गर्ने अम्यास बढेसँगै यी संस्थामा विकृतिहरूसमेत देखिएका छन्‌ । अतः माथि उल्लेख गरेबमोजिमका उपायहरू अवलम्बन गरी गैससलाई मुलुकको विकास र समृद्धिको विश्वासिलो साझेदारका रूपमा स्थापित गर्न सकिन्छ ।

      • Share:
      author avatar
      Bijeta Kunwar

      Previous post

      नेपालका राष्ट्रिय निक्‌ञ्जहरु
      July 20, 2023

      Next post

      मेलमिलापकर्ताका आचरणहरू
      July 20, 2023

      You may also like

      khatun
      २९ औँ प्रकाश मानवअधिकार पुरस्कार
      22 September, 2023
      UNITED-nations
      संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
      20 September, 2023
      dsfv_fqbh0zabCJ
      संविधान दिवस
      20 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?