नेपालको संविधान र केही विशेषताहरु
नेपालको संविधान
- संविधान सभावाट वि.स. २०७२ असोज ३ गते जारी भएको संविधान नेपालको संविधान हो । यो संविधानमा ३५ भाग, ३०८ धारा र ९ अनुसूची रहेका छन् । यो संविधान जनताको संविधानको रुपमा रहेको छ ।
नेपालको संविधानका विशेषताहरु
- संविधान सभावाट जारी भएको नेपालको पहिलो संविधान,
- १ संघ, ७ प्रदेश र ७५३ स्थानीय तह सहितको तीन तहको राज्य संरचना,
- संसदबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख हुने व्यवस्था,
- मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरीएको,
- प्रतिनिधी सभा र राष्ट्रिय सभा गरी दुइ सदनात्मक संघीय संसद,
- आर्थिक, सामाजिक र संस्कृत्तिक अधिकार उपयोग गर्ने गरी गैर आवासीय नागरीकताको व्यवस्था भएको,
- विभिन्न १३ वटा संवैधानिक निकायहरुको व्यवस्था,
- राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंड्ग वा समुदायको हुनुपर्ने व्यवस्था,
- सँघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र विभाजन गरीएको ।