स्थानीय सरकार सञ्चालन ऐन, २०७४
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लागु भएको : बि.सं. २०७४-०६-२९
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा रहेकापरिच्छेद र दफा : परिच्छेद १५ र दफा १२१
- गाउँपालिका तथा नगरपालिकाको सङ्ख्या र सिमाना निर्धारण गर्ने : संविधानको घारा २९५ (३) बमोजिम नेपाल सरकारले
- गाउँपालिका तथा नगरपालिकाको सङ्ख्या र सिमानाको हेरफेर गर्नुपरेमा निर्वाचन हुनुभन्दा कति समय अगाडि नै हेरफेर गरिसक्नु पर्ने : १ वर्ष
- गाउँपालिका तथा नगरपालिकाको सङ्ख्या र सिमानाको हेरफेर गर्नुपरेमा नेपाल सरकार समक्ष सिफारिस गर्ने सरकार : प्रदेश सरकार
- गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र तोकिने विधि : नेपाल सरकारले प्रदेश सरकारको परामर्शमा
- गाउँपालिका तथा नगरपालिकामा रहने वडाको सिमाना र सङ्ख्या निर्धारण गर्ने संस्था : नेपाल सरकारले
- बडाको सङ्ख्या र सिमानाको हेरफेर गर्नुपरेमा निर्वाचन हुनुभन्दा येती समय अगाडि नै हेरफेर गरिसक्नु पर्ने : १ वर्ष
- कुन क्षेत्रमा नगरपालिका हुन कति जनसङ्ख्या आवश्यक पर्दछ :
- हिमाली क्षेत्रको हिमाली जिल्लामा: १० हजार
- हिमाली क्षेत्रको पहाडी जिल्ला तथा पहाडी जिल्लामा: ४० हजार
- भित्री मधेशका जिल्लामा: ५० हजार
- तराईका जिल्लाहरुमा: ७५ हजार
- उपत्यकाका जिल्लाहरुमा: १ लाख
- उपमहानगरपालिका हुन कम्तीमा कति स्थायी बासिन्दा भएको हुन पर्ने : २ लाख
- महानगरपालिका हुन कम्तीमा कति स्थायी बासिन्दा भएको हुन पर्ने : ५ लाख
- नगरपालिका हुनका लागी पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तरिक आय कति हुनपर्ने : हिमाली क्षेत्रमा कम्तीमा १ करोड र अन्यमा ३ करोड
- उपमहानगरपालीका हुनका लागी पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तरिक आय कति हुनपर्ने : २ कम्तीमा २५ करोड
- महानगरपालिका हुनका लागी पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तरिक आय कति हुनपर्छ : कम्तीमा १ अर्ब रुपैया
- नगरपालिका हुनका लागी कम्तीमा कति शैयाको अस्पताल सुविधा भएको हुनुपर्दछ : २५ शैया
- उपमहानगरपालिका हुनका लागी कम्तीमा कति शैयाको अस्पताल सुविधा भएको हुनुपर्दछ : १ सय शैयाको एक अस्पताल सहित कम्तीमा २ सय शैयाको
- महानगरपालिका हुनका लागी कम्तीमा कति शैयाको अस्पताल सुविधा भएको हुनुपर्दछ : विशेषज्ञ सेवा सहितको अस्पताल, १ सय शैयाको एक अस्पताल सहित कम्तीमा ५ सय शैयाको
- गाउँपालिका तथा नगरपालिका वा सोको क्षेत्रलाई चार किल्ला खोली साँस्कृतिक वा पर्यटकीय क्षेत्र कसले घोषणा गर्न सक्नेछ : प्रदेश सरकारले
- गाउँपालिका तथा नगरपालिकाको एकल अधिकार सूची संविधानको कुन अनुसूचीमा व्यवस्था गरिएको छ : अनुसूची ८
- स्थानीय तहले कति बाटसम्मको एफ. एम रेडियो सञ्चालन अनुमति, नविकरण, नियमन र खारेजी गर्दछ : एक सय बाटसम्म
- कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादन सम्बन्धी व्यवस्था गरेको नियमावली कसले स्वीकृत गर्छ : सम्बन्धित कार्यपालिकाले
- कार्यपालिकाले बनाएको कार्यविभाजन तथा कार्य सम्पादन नियमावली स्वीकृत वा संशोधन भएको मितिले कति दिन भित्र प्रदेश तथा नेपाल सरकारमा पठाउनु पर्छ : १५ दिनभित्र
- सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता कसले गर्दछ : अध्यक्ष वा प्रमुखले
- अध्यक्ष बा प्रमुखको काम, कर्तव्य र अधिकार के-के हुन् :
- वन सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,
- सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने र गराउने,
- वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गराउने,
- सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने,
- सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने,
- कार्यपालिकाकको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने,
- उपाध्यक्ष वा उपप्रमुख, कार्यपालिकाका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतलाई काजमा खटाउने,
- गाउँपालिका तथा नगरपालिकाको चल अचल सम्पत्ति हेरचाह तथा मर्मत सम्भार गर्ने गराउने र
आम्दानी, खर्च, हिसाव र अन्य कागजपत्र सुरक्षित राख्न लगाउने, - सार्वजनिक सेवा प्रवाह सम्बन्धी गुनासो व्यवस्थापन गर्ने लगायतका अन्य कार्यहरु |
- स्थानीय न्यायिक समितिको संयोजक भई कसले कार्य गर्दछ : उपाध्यक्ष वा उपप्रमुखले
- उपाध्यक्ष बा उपप्रमुखको काम, कर्तव्य र अधिकार के-के हुन् :
- चन न्यायिक समितिको संयोजक भई कार्य गर्ने,
- अध्यक्ष बा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने,
- गैरसरकारी संघ संस्थाका क्रियाकलापको समन्वय गर्ने,
- उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने,
- योजना तथा कार्यकमको अनुगमन तथा सुपरिवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेश गर्ने,
- सभा र कार्यपालिकाद्वारा गठित समितिहरुको काममा सहजीकरण र समन्वय गर्ने,
- सात दिनभन्दा बढि समय गाउँपालिका बा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष बा प्रमुखलाई जानकारी गराउने,
- सभा, कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने ।
- स्थानीय कार्यपालिकाका सदस्यहरुको काम, कर्तव्य र अधिकार के-के हुन् :
- वन कार्यपालिकाको बैठकमा भाग लिने,
- अध्यक्ष वा प्रमुखले तोकेका विषयगत क्षेत्रको संयोजक वा प्रमुख भई तोकिएका कार्य गर्ने,
- सात दिनभन्दा बढि समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष बा प्रमुखलाई जानकारी दिने, लगायत कार्यपालिकाले तोकेका अन्य कार्य गर्ने ।
- कार्यपालिकाको बैठक कति संमयमा बस्नुपर्ने व्यवस्था रहेको छ : महिनाको एक पटक
- कार्यपालिकाले आफुलाई प्राप्त केही अधिकार प्रमुख प्रशासकीय अधिकृत वा कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ
- गाउँसभाको तथा नगरसभाको बैठक सामान्यतया वर्षमा कति पटक बस्ने गर्दछ : २ पटक
- गाउँसभा तथा नगरसभाको बैठक कसले बोलाउने गर्दछ : अध्यक्ष वा प्रमुखले
- सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको कति प्रतिशतभन्दा बढि सदस्यहरु उपस्थित भएमा बैठकका लागी गणपूरक संख्या पुगेको मानिन्छ : ५० प्रतिशतभन्दा वढि
- सभाको बैठकको निर्णय कसले पारित गर्दछ : अध्यक्षता गर्ने व्यक्तिले
- गाउँसभा तथा नगरसभाको सचिव भई कसले काम गर्दछ : प्रमुख प्रशासकीय अघिकृत
- गाउँसभा तथा नगरसभामा पेश भएको बिधेयक सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतले पारित गरेमा कति दिनभित्र अध्यक्षले प्रमाणीकरण गर्दछ : १४ दिनभित्र
- कसको पूर्व स्वीकृत नलिई भवनका लागी जग्गाको खण्डीकरण र प्लटिङ्ग गर्न पाइदैन : गाउँपालिका तथा नगरपालिका