लोकतन्त्र, लोकतान्त्रिक मूल्य मान्यताहरू र यसका महत्त्व
लोकतन्त्रको परिचय
- खुला प्रतिस्पर्धाको माध्यमद्वारा जनताले आफ्नो शासक आफै छान्न पाउने व्यवस्था लोकतन्त्र हो । अर्थात् जनताले जनताको लागि जनताबाट गर्ने शासन नै लोकतन्त्र हो । लोकतन्त्रमा जनतालाई शक्तिको प्रमुख स्रोतको रूपमा स्विकारेको हुन्छ । जनप्रतिनिधिद्वारा शासन सञ्चालन गरिन्छ । जनउत्तरदायी सरकार र जनमुखी सेवा हुन्छ । नागरिक अधिकार र मानव अधिकारको प्रत्याभूति हुन्छ । कानुनको शासन कार्यान्वयन गरिएको हुन्छ ।
मूल्य मान्यताहरू
- नागरिक सर्वोच्चता
- कानुनको शासन
- आवधिक निर्वाचन
- बालिग मताधिकार
- बहुदलीय प्रतिस्पर्धा
- बहुमतको शासन, अल्पमतको कदर
- सत्तापक्ष र प्रतिपक्षको व्यवस्था
- विकेन्द्रित शासन पद्धति
- स्वतन्त्र सक्षम एवं पहुँचयोग्य न्यायपालिका,
- नागरिक अधिकार मानव अधिकारको प्रत्याभूति,
- स्वतन्त्रता र समानता
- सहभागिता र प्रतिनिधित्व,
- सामाजिक न्यायको व्यवस्था,
- अधिकार र कर्तव्य प्रति सचेत जनता,
- स्वतन्त्र र सक्षम प्रेस जगत् तथा सजग नागरिक समाज
- सामाजिक एकता र सहिष्णुता
- सुशासनको प्रत्याभूति
महत्त्व
- जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ताको कदर गर्ने,
- कानुनको शासन कायम गर्ने,
- संविधानवादमा आधारित शासन प्रणाली कायम गर्ने,
- नागरिक स्वतन्त्रताको ग्यारेन्टी गर्ने,
- सुशासनमा आधारित नागरिक प्रशासन स्थापना गर्न,
- निरङ्कुश र स्वेच्छाचारी शासनको अन्त्य गर्न,
- नागरिकको Voice, choice right को सम्मान गर्न,
- बहुलवादमा आधारित समाजलाई मान्यता प्रदान गर्न,