समावेशीकरण र यसका उदेश्यहरु/ महत्व/आवश्यकता
समावेशीकरणको परिचय
- राज्यको मूल धारमा समावेश हुन नसकेका विभिन्न समूह, वर्ग, सम्प्रदाय, जात, जाति, धर्म, लिग र भाषा भाषिक व्याक्तिहरुलाई राज्यको मुलधारमा समावेश गरी शक्ति, स्रोत र अवसर मा प्रत्यायोजित सामझदारी सुनिश्चित गर्नुलाई समावेशीकरण भनिन्छ।
- Have and Havenot बिच रहेको सामाजिक असमानता, विभेद, वञ्चितिकरण, सिमान्तीकरणको धरातलबाट आम नागरिकको उत्थान, विकास र सहभागिताको सुनिश्चितता तथा मुलप्रभाहिकरण गरी सामाजिक न्याय कायम गर्ने प्रक्रिया समावेशीकरण हो ।
- कसैलाई बाहुल्यता र कसैलाई शून्यता, कसैलाई राज्यको संरक्षण र कसैप्रति बेवास्ता, कसैलाई अवसर र कसैलाई भेदभाव नभई राज्यको साधन, सोत र अधिकारमा समतामूलक पहुँच, पूर्ण सहभागिता, विविधताको स्वीकृति ,समान व्यवहार गर्नु नै समावेशीकरण हो । राज्यशक्तिमा समान पहुँच र लाभ वितरणमा समान सहभागिता नै यसको प्रमुख उद्देश्य हो ।
उदेश्यहरु/ महत्व/आवश्यकता
- राष्टिय एकता कायम गर्न,
- लोकतन्त्रलाई संस्थागत गर्न,
- दवन्दव समाधान गर्न,
- राज्यसत्तामा समानुपातिक प्रतिनिधित्व गर्न,
- देशलाई खण्डन हुनबाट जोगाउन,
- बहुसंख्यक जनतालाई शासनमा अधिकाधिक मात्रामा सहभागी गराउन,
- राज्यको पुनः संरचना गर्न,
- सोत र साधनमाथि सबैको पहुँच कायम गर्न,
- न्यायपुर्ण समाजको निर्माण गर्न,
- सामाजिक विभेद अन्त्य गर्न,
- राज्यप्रतिको अपनत्व विकास गर्न,
- जीवनयापनका लागि अत्यावश्यक सबै साधन र सेवाहरूमा सबैको
- पहुँच सुनिश्चित गर्ने,
- सार्वजनिक सरोकारका विषयमा सबै नागरिकले आफ्नो धारणा/मत प्रकट गर्न सक्ने क्षमता बढाउने,
- सबे नागरिकलाई आफूप्रति उत्तरदायी बनाउने वातावरणको उपलब्धता,
- राष्ट्रिय र सामाजिक जीवनमा व्यक्ति/नागरिकको सहभागिताको नियमन र व्यवस्थापन,
- व्यन्ति/नागरिकलाई जीवनयापनको अवसर प्रदान गर्दै राजनीतिक प्रभावमाथिको पहचुँ को सुनिश्चितता,