संघीय शासन प्रणालीका सबल र दुर्बल पक्ष
संघीय शासन प्रणाली परिचय
राज्यलाई विभिन्न शासकीय ईकाईहरुमा विभाजन गर्दै केन्द्र र अन्य ईकाहरुबीच शक्ति र अधिकारको बाँडफाँड गर्दै शासकीय क्रियाकलाप सञ्चालन गर्ने परिपाटी नै संघीय शासन प्रणाली हो ।
- संघीय शासन प्रणाली भएको मुलुकमा दुई वा सोभन्दा बढी सरकारहरु रहका हन्छन् ।
संघीय शासन प्रणालीका सबल पक्ष
संघीय शासन प्रणालीका सबल पक्षहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- शक्तिको विकेन्द्रिकरण हुने
- निरङ्कुश शासनलाई रोक्न सकिने
- मुलुकमा रहेको विविधतालाई व्यवस्थापन गर्न सकिने
- मुलुकको सन्तुलित विकास हुने
- विकासको गतिमा तीब्रता दिन सकिने
संघीय शासन व्यवस्थाका दुर्बल पक्ष
संघीय शासन व्यवस्थाका दुर्बल पक्षहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- शासन प्रणाली खर्चिलो हुने
- निर्णय प्रक्रियामा ढिलाई हुनसक्ने
- मुलुक विखण्डन हन सक्ने
- दूवैध शासन व्यवस्थाका कारण सेवाप्रवाहमा अन्यौलता सिर्जना हुन सक्ने
अत: संघीय शासन व्यवस्था शक्ति विकेन्द्रिकरणको लागि एक महत्वपूर्ण