नेपालको वर्तमान संविधान र यसका विशेषताहरू
संविधानको परिभाषा
- राज्यको मूल कानून,
- माउ कानून,
- राज्य सञ्चालनको मार्गचित्र तथा मार्गदर्शक,
- सरकारको वडापत्र र नागरिक अधिकारको प्रमाणपत्र,
- शासन सञ्चालनको लागि मार्ग निर्देश गर्ने मुलुकको सर्वोच्च कानून नै संविधान हो ।
- जनताको ईच्छा र चाहनालाई समेटी मुलुकको सर्वाङ्गीण हित गर्ने गरी राज्य व्यवस्था सञ्चालन गर्न मार्ग निर्देश गर्ने उद्देश्यले तयार आरिणको राजनीतिक सहमतिको दस्तावेजलाई समग्रमा संविधान भनिन्छ ।
नेपालको वर्तमान संविधानका विशेषताहरू
- संविधान सभाबाट जारी भएको पहिलो संविधान,
- संघीय लोकतान्लिक गणतन्त्रात्मक शासन व्यवस्था,
- सार्वभौम र राजकीय सत्ता जनतामा,
- सात प्रदेशको संघीय संरचना,
- संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना,
- संघीय र प्रदेश संसद्वाट निर्वाचित संवैधानिक राष्ट्रपति,
- सुधारिएको संसदीय शासन प्रणाली, संसद्घाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख,
- प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने,
- दुई वर्षसम्म प्रधानमन्त्ीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने,
- दुईतिहाइले संशोधन गर्न सकिने,
- मिश्रित निर्वाचन प्रणाली,
- केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित दुई सदनात्मक संघीय संसद्,
- प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य,
- केन्द्रमा बढीमा २५ सदस्यीय मन्तिपरिषद्,
- राष्ट्रिस॒भामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनीत ३ सहित ५९ सदस्य,
- प्रदेशमा एक सदनात्मक संसद्,
- ७ प्रदेशमा कुल सांसद ५५०,
- प्रदेशमा प्रदेश संसदबाट निर्वाचित मुख्यमन्ली, राष्ट्रपतिबाट निपुक्त प्रदेश प्रमुख,
- प्रदेशमा संसद्का कुल सांसदको २० प्रतिशतबाट नबढ्ने गरी मन्ह्रिपरिषद्,
- प्रदेश संसद संघीय संसद जस्तै ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिने,
- ३५ भाग र ३ सय ८ धारा र ९ अनुसूचीको बृहत् संविधान,
- प्रदेशको सीमांकन संघीय आयोगले टुङ्ग्पाउने,
- प्रदेशको नामकरण प्रदेश संसदको दुईतिहाइले गर्ने,
- प्रदेशसभाले आफ्नो राजधानी तय नगर्दासम्म केन्द्रीय सरकारले तोकेको स्थानबाट कार्प सञ्चालन हुने,
- संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन,
- प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरूको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था,
- एकीकृत न्यायपालिका,
- केन्द्रमा सर्वोच्च अदालत,
- सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने,
- प्रदेशपिच्छे उच्च अदालत,
- साबिक जिल्लामा जिल्ला अदालत,
- आमा वा बाबुको नामबाट वंशजको नागरिकता,
- धर्मनिरपेक्ष राष्ट्र
- १३ वटा संवैधानिक निकायहरुको व्यवस्था,
- ३१ वटा मौलिक हकहरुको व्यवस्था,
- ४ वटा नागरिक कर्तव्यहरु,
- सबै मातृभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषाको देवनागरिक लिपिमा नेपाली,
- राष्ट्रिय जनावर गाई, राष्ट्रिय झण्डा र राष्ट्रगान यथावत्,
- जिल्ला प्रशासनिक इकाईका रूपमा रहने,
- जिल्लामा निर्वाचित जिल्ला सभा रहने,
- सरकार गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको पुनर्संरचना गर्ने ।