नेपालको सीमानाको सम्बन्धी
नेपाल दक्षिण एसियामा अवस्थित ईटको आकारमा रहेको विश्वकै एक सुन्दर भुपरिवेष्ठित मुलुक हो । नेपाल विश्वका दुई ठूला मुलुकहरु चीन र भारतको बीचमा रहेको छ । नेपालको सीमानाको सम्बन्धमा देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- नेपालको सीमाना चीन र भारतसँग जोडिएको छ |
- नेपालको पूर्व, पश्चिम र दक्षिणतर्फ भारत रहेको छ ।
- नेपालको उत्तरतर्फ चीन रहेको छ |
- नेपालको पूर्वमा मेची नदी र पश्चिममा महाकाली नदीले भारत र नेपालको बीचमा सीमानाको काम गरेका छन् ।
- दक्षिणमा नेपाल र भारतबीच दश गज चौडा जमिन खाली राखी सीमा स्तम्भ गाडिएको छ । जसलाई दश गजा भनिन्छ ।
- उत्तरतर्फ हिमालय श्रृङ्खलाले नेपाल र चीनबीचको सीमानाको कार्य गरेको छ।
- नेपालको हालको सीमाना सन् १८१६ मार्च ३ को सुगौली सन्धि पश्चात् कायम भएको हो ।