कर, प्रत्यक्ष कर, एवं यसका सबल र दुर्बल पक्षहरु
कर परिचय
- कानून बमोजिम सरकारले जनताबाट प्राप्त गर्ने र कानून बमोजिम सरकारलाई अनिवार्य बुझाउनु पर्ने रकम कर हो ।
- कुनै व्यक्ति वा संस्थाले प्रचलित कानूनबमोजिम सरकारलाई अनिवार्य रुपमा बुझाउनु पर्ने रकम नै कर हो।
- राजस्वको मूलभूत स्रोतको रुपमा करलाई लिईन्छ ।
प्रत्यक्ष कर
- जसमाथि कर लगाईन्छ उसैद्वारा करको असूली हुन्छ भने त्यस्तो करलाई प्रत्यक्ष कर भनिन्छ।
प्रत्यक्ष करका सबल पक्षहरु
- यो कर निश्चित हुन्छ ।
- यो कर प्रगतिशील हुन्छ ।
- यो मितव्ययी हुन्छ ।
- यसले समाजमा समानता कायम गर्दछ ।
- यो कर व्यवस्थापनमा सहजता हुन्छ ।
प्रत्यक्ष करका दुर्बल पक्षहरु
- करदाताले छल्ने सम्भावना हुन्छ ।
- करदातालाई बोझको महसुश हुने हुन्छ ।
- यो असुविधाजनक कर प्रणाली हो ।