आर्थिक सर्वेक्षण 2079/80 अनुसार सन् 2022 मा देशगत रुपमा पर्यटक आगमन:
भारत | ३४.१ % |
अमेरिका | १२.५ % |
बेलायत | ७.३ % |
अस्ट्रेलिया | ४.४ % |
बंगलादेश | ४.१ % |
अन्य मुलुक | ३७.६ % |
सन् २०२२ मा आएका पर्यटकमध्ये भारत ३४.१ प्रतिशत, अमेरिका १२.५ प्रतिशत, बेलायत ७.३ प्रतिशत, अष्ट्रेलिया ४.४ प्रतिशत, बङ्गलादेश ४.१ प्रतिशत र अन्य मुलुकका ३७.६ प्रतिशत रहेका छन्। यस अवधिमा नेपाल आएका पर्यटकमध्ये भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया र बङ्गलादेशबाट आएका पर्यटक ६२.४ प्रतिशत रहेका छन्। सन् २०२१ को तुलनामा अष्ट्रेलियाबाट नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०२२ मा करिब १० गुणाले वृद्धि भएको छ।