नेपालको श्रीपेच बारे केहि तथ्यहरु
- श्रीपेच शाही कालमा नेपालका राजाले लगाउने परम्परागत मुकुट थियो।
- नेपालको एकीकरणपछि राजतन्त्रको उदयसँगै राजाहरूले यसको प्रयोग गरे भने राणा शासनमा ३ जना प्रधानमन्त्रीले पनि विशेष प्रकारको श्रीपेच लगाएका थिए ।
- नेपालका राजाले लगाउने श्रीपेचमा ७५० थान हिरा र रानीले लगाएको मुकुटमा २७०० थान हिरा छन् ।
- नेपालसँग केवल तीनवटा मुकुटहरू थिए जुन वास्तविक रूपमा महँगो मोती, हीरा र पन्नाको किनारमा सजिएको वास्तविक सामानहरू थिए: राजाको मुकुट, राणा प्रधानमन्त्रीको मुकुट र सेनापतिको मुकुट।
- लेखक डेसमन्ड डोइगले सन् १९७५ मा राजा वीरेन्द्रको राज्याभिषेक समारोहमा राजाको शाही मुकुटको वर्णन यसरी गरेका छन्,”No other crown could be so fantastically devised, so priceless. It is a glitter of closely set diamonds and pearls, hung with drop rubies and emeralds the size of plums and atop it, clasped by more diamonds, is a cascade of bird-of-paradise plumes”.
- श्रीपेचको पछाडिबाट झुण्डिएको आकर्षक कल्की बर्ड अफ प्याराडाइजको पुच्छर हो। बर्ड अफ प्याराडाइज, जुन श्रीपेचको अभिन्न अंग हो, एक दुर्लभ र संरक्षित चरा पनि हो जसलाई मार्न निषेध गरिएको छ।
- श्रीपेचको पछाडीको कल्की पुरानो र ढल्दै गएपछि चन्द्रशमशेर जंगबहादुर राणाको पालामा अमेरिकाबाट ‘बर्ड अफ प्याराडाइज’ चराको नयाँ पुच्छर ल्याएर श्रीपेचलाई सुन्दर बनाइएको थियो ।
- सन् १९५६ मा राजा वीरेन्द्रका बाबु राजा महेन्द्रको राज्याभिषेकका बेला उक्त मुकुटको अन्तिम पटक मर्मत गरिएको थियो र प्रख्यात प्लमको व्यापारमा प्रतिबन्ध लगाइएकाले अमेरिकी भन्सारले जफत गरेको प्लम नेपाल पठाएर अमेरिकीहरूले ताजको उद्धार गरेका थिए। !
- श्रीपेच कहिलेबाट भएको हो भन्ने यकिन प्रमाण नभए पनि राजेन्द्र विक्रम शाहले पहिलो पटक श्रीपेच लगाउन थालेका थिए ।
- वि.सं. २०६५ मा नेपाल सरकारले हस्तान्तरण गरेको श्रीपेचको अभिलेख राख्ने क्रममा नेपाल सुनचाँदी व्यवसायी संघका पदाधिकारीले श्रीपेचमा ठूलो परिमाणमा हिरा, रुबी, नवरत्न र सुनको प्रयोग भएको र सबैभन्दा बढी चाँदी रहेको प्रतिवेदन तयार पारेका थिए ।