अनौपचारिक क्षेत्रका कामदारको न्यूनतम पारिश्रमिक वृद्धि
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम संवत् २०८० साउन १ गते देखि लागू हुने गरी चिया बगान बाहेकका श्रमिक र चिया बगानका श्रमिकका लागि देहाय बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण गरेकोले सोही दफाको उपदफा (३) को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छः-
(क) चिया बगान बाहेकका श्रमिकको हकमा:-
(ख) चिया बगानका श्रमिकको हकमा:-
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ अनुसार २०८० साउन १ बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको ।
- यसअघि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपियाँ रहेको थियो ।
- अहिले आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्ता छ हजार ४८० रुपियाँ गरी १७ हजार ३०० रुपियाँ पुराएको । यसअघि आधारभूत पारिश्रमिक नौ हजार ३८५ र महँगी भत्ता ५,६१५ रुपियाँ रहेको थियो ।
- श्रमिकको दैनिक पारिश्रमिक ६६८ रुपियाँ पुगेको । यसअघि यो ५७७ रुपियाँ थियो ।
- आंशिक समय मात्र काम गर्ने कामदारको अब न्यूनतम पारिश्रमिक ९५ (यसअघि ७७ रुपियाँ रहेको) रुपियाँ प्रतिघण्टा पुगेको ।
- चिया बगानका श्रमिकको मासिक पारिश्रमिक रु. १३,८९३ (यसअघि १२,०८१ रहेको) । चिया बगानका श्रमिकको दैनिक पारिश्रमिक ६६ रुपियाँ (यसअघि ५७ रुपियाँ) पुगेको।
- यसअघि सरकारले २०७८ सालमा श्रमिकको पारिश्रमिक निर्धारण गरेको थियो ।
- श्रम ऐन, २०७४ ले श्रमिकको न्यूनतम पारिश्रमिक हरेक दुई/दुई वर्षमा निर्धारण हुने व्यवस्था गरेको छ ।
- श्रम ऐन, २०७४ लागु भएपछि पहिलो पटक विसं २०७५ मा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको थियो ।