• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Others

      • Home
      • Blog
      • Others
      • नेपालको संविधान, २०७२ (भाग–१, “प्रारम्भिक”)

      नेपालको संविधान, २०७२ (भाग–१, “प्रारम्भिक”)

      • Posted by Ajnabee Khadka
      • Categories Others
      • Date August 26, 2023

      भाग–१

      प्रारम्भिक

      १. संविधान मूल कानून:

      • यो संविधान नेपालको मूल कानून हो । यस संविधानसँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ ।
      • यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ ।

      २. सार्वभौमसत्ता र राजकीयसत्ता:

      नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ । यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ ।

      ३. राष्ट्र: 

      बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।

      ४. नेपाल राज्य:

      1. नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।
        स्पष्टीकरण:  यस धाराको प्रयोजनको लागि “धर्मनिरपेक्ष” भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ
      2.  नेपालको क्षेत्र देहाय बमोजिम हुनेछ:
        (क) यो संविधान प्रारम्भ हुँदाका बखतको क्षेत्र, र
        (ख) यो संविधान प्रारम्भ भएपछि प्राप्त हुने क्षेत्र ।

      ५. राष्ट्रिय हित: 

      • नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन्।
      • राष्ट्र हित प्रतिकूलको आचरण र कार्य संघीय कानून बमोजिम दण्डनीय हुनेछ ।

      ६. राष्ट्रभाषा:

      नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्।

      ७. सरकारी कामकाजको भाषा:

      • देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।
      • नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ ।
      • भाषा सम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ ।

      ८. राष्ट्रिय झण्डा:

      • सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो ।
      • नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय झण्डा बनाउने तरीका र तत्सम्बन्धी अन्य विवरण अनुसूची–१ मा उल्लेख भए बमोजिम हुनेछ ।

      ९. राष्ट्रिय गान इत्यादि:

      • नेपालको राष्ट्रिय गान अनुसूची–२ मा उल्लेख भए बमोजिम हुनेछ ।
      • नेपालको निशान छाप अनुसूची–३ मा उल्लेख भए बमोजिम हुनेछ ।
      • नेपालको राष्ट्रिय फुल लालीगुराँस, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पक्षी डाँफे हुनेछ ।

      • Share:
      author avatar
      Ajnabee Khadka

      Previous post

      २०८० को बजार पुँजीकरणका आधारमा नेपालका शीर्ष १० कम्पनीहरु
      August 26, 2023

      Next post

      शिक्षाको सङ्घीयकरण र नेपाली शिक्षामा राजनीतिक प्रभावलाई कम गर्न के कस्ता कुराहरुमा ध्यान ?
      August 28, 2023

      You may also like

      Nepal_Office_Of_Prime_Minister_and_Council_of_Minister1652590413_10241689126449_1024
      संवैधानिक निकायहरूका पदाधिकारीहरुको नियुक्ति सम्बन्धी कानूनी व्यवस्था
      24 September, 2023
      download
      व्यक्तिगत घटना दर्ता सम्बन्धी धेरैजसो सोधिने प्रश्नहरु र द्रुत तथ्यहरू
      24 September, 2023
      pratha2022-01-28-03-57-23
      नेपालका १४ प्रथाहरु
      24 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?