हावापानी आधारमा नेपालको वर्गीकरण
विशिष्ट प्रकृतिको धरातलिय स्वरुप भएको नेपाल समुद्र सतहबाट ५९ मि.को उचाईदेखी विश्वको सर्वोच्च शिखर सगरमाथाको ८८४८ मि.को उचाईमा विभिन्न धरातलिय स्वरुपमा निर्माण भएकोले नेपालको हावापानीमा विविधता छ । भुमध्यरेखादेखी हावापानीदेखी धु्रविय हावापानीसम्मको नमुना पाइने भएकाले नेपाललाई हावापानीको स्वरुप अनुसार निम्न बमोजिम ५ भागमा विभाजन गरेको छ ।
फरक–फरक उचाई र स्वरूपका कारण क्षेत्रफलका दृष्टिले सानो मुलुक नेपालमा पनि विविध प्रकारकोहावापानी पाइन्छ । यसलाई निम्न अनुसार ५ प्रकारमा वर्गीकरण गर्ने गरिएको छ:
१. उष्ण मनसुनी हावापानीः समुन्द्री सतहदेखि १२०० मिटरसम्मको उचाईमा
२. न्यानो समशीतोष्ण हावापानी: १२०० मिटरदेखि २१०० मिटरसम्म
३. ठण्डा समशीतोष्ण हावापानी: २१०० मिटरदेखि ३३०० मिटरसम्म
४. लेकाली हावापानी: ३३०० मिटरदेखि ५००० मिटरसम्म
५. हिमाली/टुण्ड्रा हावापानी: ५००० मिटरदेखि ८८४८ मिटरसम्म
क) उपोष्ण हावापानी वा उष्ण मनसुनी हावापानी:
- १२०० मिटरसम्मको होचो समथर भुभागमा पाइने हावापानी हो ।
- गर्मीमा यसको सरदर तापक्रम १५ डिग्री सेन्टीग्रेड देखी ४० डिग्री सेन्टीग्रेडसम्म हुन्छ ।
- गर्मीमा सरदर वर्षाको परिमाण २०० से.मी. सम्म हुन्छ ।
- जाडोमा अति जाडो गर्मीमा अति गर्मी हुने गर्दछ ।
- यो हावापानी ज्यादै उष्ण र शुष्क हुने हुँदा स्वास्थ्यको लागि उपयोगी नभएपनि कृषि कार्यको लागि उपयोगी हुन्छ ।
- अन्य क्षेत्रभन्दा बढी गर्मी हुने हुँदा गृष्म ऋतुमा राँके हावा (लु) चल्ने गर्दछ ।
- भैरहवा, नेपालगञ्ज, केैलाली जस्ता उपोष्ण क्षेत्रका तातो क्षेत्र तराई, भावर, भित्री मधेश, पहाडका गहिरा उपत्यका टार, बेँसी, खोचहरुमा यस्तो तापक्रम पाइन्छ ।
ख) न्यायो समशितोष्ण हावापानी वा उष्ण प्रदेशिय हावापानी:
- चुरे तथा मध्य भुमीको माथिल्लो भागमा १२०० देखी २१०० मि.सम्मको भागमा पाइन्छ ।
- यसको तापक्रम जाडो समयमा ० डिग्री सेन्टीग्रेड हुन्छ । गर्मीमा २४ देखी ३० डिग्री सेन्टीग्रेडसम्म हुन्छ।
- गमीैको समयमा सरदर वर्षा १२५ से.मीे. हुन्छ ।
- यो हावापानी अत्यन्त मनोरम र स्वास्थ्य हुन ।
- काठमाडौं , पोखरा, लुम्ले जस्ता क्षेत्रहरुमा यसप्रकारको हावापानी पाइन्छ ।
- पोखराको लुम्ले क्षेत्रमा सबभन्दा बढी पानी पर्छ ।
ग) शितोष्ण हावापानी वा ठण्डा समशितोष्ण हावापानी:
- महाभारत लेकको माथिल्लो भाग तथा हिमालय श्रृंखला भन्दा मुनिको क्षेत्रमा २१०० देखी ३३०० मि. सम्मको क्षेत्रमा पाइने हावापानी हो ।
- गर्मीमा १५ देखी २० डिग्री सेन्टीग्रेड र जाडोमा ० डिग्री सेन्टीग्रेड भन्दा तल झर्ने गर्छ ।
- गर्मीमा १०० से.मी. सम्म वर्षा हुन्छ ।
- हिउँदमा पश्चिम क्षेत्र अत्याधिक जाडो हुन्छ ।
- जीवन कष्ठकर भएपनि स्वास्थको दृष्टिकोणले राम्रो रहेको छ ।
घ) लेकाली हावापानी:
- ३३०० मि. देखी ५००० मि.सम्मको उचाईमा पाइने हावापानी हो ।
- गर्मीमा १० देखी १५ डिग्री सेन्टीग्रेड तापक्रम हुने र जाडोमा ० भन्दा तल तापक्रम पुग्ने तथा जाडोको ठण्डा धेरै समयसम्म रहने गर्छ ।
- वर्षको झण्डे ३÷४ समय हिउँदले ढाक्ने हुँदा वर्षा ४० से.मी.सम्म मात्र हुन्छ ।
- नेपालको उत्तरी खण्डको हिमरेखाभन्दा तल्लो भुभाग र हिमाली उपत्यका नै लेकाली हावापानी पाइने क्षेत्र छ ।
- मनाङ, मुस्ताङ, डोल्पा जस्ता क्षेत्रहरुमा यो हावापानी पाइन्छ ।
- यस क्षेत्रमा यासाँगुम्बा, पाँचऔले, जटामसी जस्ता बहुमुल्य जडिबुटी पाइन्छ ।
ङ) टुण्ड्रा हावापानी:
- ५००० मि. भन्दा माथिको क्षेत्रमा पाइन्छ ।
- सधैँ हिउँ परिरहने र जमिरहने हुँदा 0 डिग्री सेन्टीग्रेड भन्दा तल तापक्रम रहन्छ ।
- वर्षा नगन्य हुने भएपनि हिउँवर्षा हुने गर्दछ ।
- अत्यन्तै चिसो र शुष्क, यस हिमाली क्षेत्रको हावापानीलाई हिमाली, मरुभुमी, जलवायु, सुख्खा उजाड हिमाली हावापानी पनि भनिन्छ
- बर्षैभरि नै हिउ परिरहने हुँदा यो क्षेत्र बसोबासको लागि अयोग्य छ ।
हावापानी विविध:
⦁ नेपालको चेरापुँजी भनेर लुम्ले (कास्की) लाई चिनिन्छ ।
⦁ नेपालमा मनसुनको प्रवेश वंगालको खाडीबाट हुन्छ ।
⦁ एउटै अक्षांश रेखामा पर्ने भएतापनि नेपालगंज र नाम्चे बजारमा फरक फरक हावापानी पाइन्छ ।
⦁ नेपालमा सबैभन्दा बढी जाडो हुने ठाउँ मुस्ताङ्ग हो ।
⦁ नेपालमा सबैभन्दा बढी गर्मी हुने ठाउँ नेपालगञ्ज हो ।
⦁ नेपालमा सबैभन्दा बढी वर्षा हुने स्थान लुम्ले कास्की हो ।