आठ महिनामा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपालमा (Demographic Information)
सन् २०२३ को पहिलो आठ महिनामा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस वर्षको जनवरीदेखि अगस्टसम्म भारतदेखि अमेरिकासम्मका विभिन्न देशका ६ लाख १ हजार ३६० पर्यटक नेपाल आएका छन् ।
मुलुकले अगस्टमा मात्रै ६७ हजार १५३ पर्यटकलाई स्वागत गरेको थियो भने अघिल्लो वर्षको सोही महिनामा यो संख्या ४१ हजार ३०४ थियो । सन् २०१९ मा, संख्या ७३,१८४ थियो।
अगस्टमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका थिए जसमा
- चीनबाट ५ हजार ७ सय ७,
- अमेरिकाबाट ४ हजार ६ सय २९,
- श्रीलंकाबाट ३ हजार ५ सय ५८,
- बंगलादेशबाट ३ हजार १९०,
- बेलायतबाट २ हजार ७ सय ११,
- स्पेनबाट १ हजार ५ सय ८८,
- जापानबाट १ हजार ५ सय २०,
- इटालीबाट १ हजार ६ सय ४ र अष्ट्रेलियाबाट १ हजार ३ सय ४७ जना पर्यटक आएका थिए ।