१५ औँ ब्रिक्स शिखर सम्मेलन (BRICS Summit २०२३)
- ब्रिक्सको १५ औँ शिखर सम्मेलन सम्पन्न भएको छ । ९४ बुँदे जोहान्सबर्ग घोषणापत्र जारी गर्नै सम्मेलन सम्पन्न भएको ।
- आयोजना : जोहान्सबर्ग, दक्षिण अफ्रिका
- मिति: २२ – २४ अगष्ट २०२३
- नारा : “ब्रिक्स र अफ्रिकाः पारस्परिक रुपमा द्रुत विकास, दिगो विकास र समावेशी बहुपक्षीयताका लागि साझेदारी (BRICS and Africa: Partnership for Mutually Accelerated Growth, Sustainable Development and Inclusive Multilateralism )”
- अध्यक्षता : सिरिल रामाफोसा (दक्षिण अफ्रिकाका राष्ट्रपति)
- सम्मेलनमा रुस बाहेक सबै सदस्य राष्ट्रका सरकार प्रमुखहरुको सहभागिता रहेको थियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भर्चुअल रुपमा सम्मेलनमा भाग लिएका थिए । र, आफ्नो प्रतिनिधिको रूपमा, विदेशमन्त्री सर्गेई लाभरोभलाई सम्मेलनमा भाग लिन पठाएका थिए।
- उक्त सम्मेलनले 6 वटा नयाँ मुलुकलाई सदस्यता दिने निर्णय गरेको छ ।
ब्रिक्समा थप भएका नयाँ मुलुकहरु
अर्जेन्टिना | इजिष्ट | साउदी अरब |
युएई | इरान | इथियोपिया |
सन् २०२४ जनवरी १ बाट यी मुलुकहरु ब्रिक्सको पूर्ण सदस्य बन्नेछन्। |
BRICS (Brazil-Russia-India-China-South Africa)बारे जानकारी
- ब्रिक्स विश्वका प्रमुख उदीयमान अर्थतन्त्रहरू – ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समूहीकरणको संक्षिप्त रूप हो।
- सन् २००१ मा, बेलायती अर्थशास्त्री Jim O’Neill ले ब्राजिल, रूस, भारत र चीन जिस्ता चार उदीयमान अर्थतन्त्रहरूलाई वर्णन गर्न BRIC शब्दको प्रयोग गरेका थिए।
- सन् २००६ को सेप्टेम्बर महिनामा भएको BRIC विदेश मन्त्रीहरूको पहिलो बैठकमा यस समूहलाई औपचारिकता दिइएको थियो।
- सन् २०१० डिसेम्बरमा, दक्षिण अफ्रिकालाई BRIC मा सामेल हुन आमन्त्रित गरियो, त्यसपछि समूहले BRICS को संक्षिप्त रूप अपनायो।
सम्मेलन | आयोजना | वर्ष (सन्) |
पहिलो | रसिया | २००९ जून १६ |
१४ औं | चीन | २०२२ जुन २३ |
१५ औं | दक्षिण अफ्रिका | २०२३ अगस्ट २२ – २४ |