नोबेल चिकित्सा पुरस्कार, २०२३
२ जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने ।
- क्याटलिन कारिको (हंगेरी-अमेरिका)
- ड्रयु वेसम्यान (अमेरिका)
– कोरोना भाइरसविरुद्धको खोपका लागि मार्ग प्रशस्त गर्ने “एमआरएनए” प्रविधिको खोज गरे बापत ।
– २०२३ अक्टोबर २ मा स्विडिस एकेडेमीले यो पुरस्कार घोषणा गरेको ।
– बिजेतालाई स्वर्ण पदक र संयुक्त रुपमा १ करोड १० लाख स्विडिस क्रोनर (१० लाख अमेरिकी डलर) प्रदान गरिने ।
– गत वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकासक्रमसम्बन्धी अनुसन्धानमा संलग्न स्विडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिएको थियो ।
– चिकित्सा विज्ञानतर्फको पहिलो नोबेल पुरस्कार सन् १९०१ मा इमिल भोन बेहरिङले पाएका थिए। सिरम थेरापी विकास गरेका कारण उनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो।
– चिकित्सा विज्ञानका लागि कम उमेरमा नोबेल पुरस्कार पाउने व्यक्ति फ्रेडरिक ब्यान्टिङ हुन् । उनले सन् १९२३ मा उक्त पुरस्कार प्राप्त गर्दा ३२ वर्षका थिए । उनले इन्सुलिनको आविष्कार गरेका थिए ।