मुसाको भ्रूण पहिलो पटक अन्तरिक्षमा हुर्कियो
– जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) मा मुसाको भ्रूणको विकास गरेका ।
– वैज्ञानिकहरूका अनुसार पहिलो अध्ययनमा सामान्य रूपमा भ्रूणको विकास भएको र यसले मानिसका लागि अन्तरिक्षमा प्रजनन गराउन सम्भव हुन सक्ने
सङ्केत दिएको ।
– आइएसएसको पूर्ण सूक्ष्म गुरुत्वाकर्षण अन्तर्गत प्रारम्भिक चरणमा स्तनधारी भ्रूणहरूको संवर्धन गरिएको विश्वमा यो पहिलो प्रयोग भएको जनाइएको ।
– यामानाशी विश्वविद्यालयको एड्भान्स्ड बायोटेक्नोलोजी सेन्टरका प्राध्यापक तेरुहिको वाकायामा र जापान एरोस्पेस एजेन्सीको एउटा टिमसहितका अन्वेषकहरूले सन् २०२१ अगस्तमा एउटा रकेटमा जमेको मुसाको भ्रूणलाई आइएसएसमा पठाएका थिए । अन्तरिक्षयात्रीहरूले सोही उद्देश्यले डिजाइन गरिएको विशेष उपकरणको प्रयोगले प्रारम्भिक चरणमा भ्रूणहरूलाई पगालेर र तिनीहरूलाई चार दिनसम्म स्टेसनमा विकसित गरेका ।
– सूक्ष्म गुरुत्वाकर्षणको परिस्थितिमा विकसित भएका भ्रूण सामान्यतया ब्लास्टोसिस्ट (प्लेसेन्टामा विकसित हुने कोषिका) मा विकसित हुने ।
– सन् २०२३ अक्टोबर २८ मा प्रकाशित विज्ञानसम्बन्धी पत्रिकाको एक अध्ययन प्रतिवेदनमा भ्रूणको विकासमा गुरुìवाकर्षणको कुनै उल्लेखनीय असर नदेखिएको वैज्ञानिकहरूले जनाएका ।