संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण
- वि.सं. २०८० कार्तिक १२ देखि १५ (सन् २०२३ अक्टोबर २९ देखि नोभेम्बर १)
- प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्ड राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुने क्रममा गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
- यसअघि बान की मुनले सन् २००८ अक्टोबर अन्तिम साता संयुक्त राष्ट्रसंघको महासचिवको रूपमा नेपाल भ्रमण गरेका थिए ।
- वानकी मुन आउँदा प्रधानमन्त्री प्रचण्ड थिए भने अहिले गुटेरेस आउँदा पनि प्रधानमन्त्री प्रचण्ड नै छन् ।
- गुटेरस नेपालमा
- सगरमाथा आधारशिविर भ्रमण : कार्तिक १३ गते
- लुम्बिनीको भ्रमण : कार्तिक १४ गते (अक्टोबर ३१)
- नेपालको संसदलाई सम्बोधन : कार्तिक १४ गते
को हुन् गुटेरेस?
- पूरा नाम : एन्टोनियो म्यानुअल डे ओलिभेरा गुटेरेस
- जन्म : सन् १९४९ अप्रिल ३० का दिन युरोपेली राष्ट्र पोर्चुगलमा
- उनले सन् २०१७ बाट राष्ट्रसंघको महासचिवको जिम्मेवारी सम्हालेका हुन् । उनी संयुक्त राष्ट्रसंघको नवौँ महासचिव हुन् ।
- सन् १९८१ मा कुर्ट वाल्डहेमपछि संयुक्त राष्ट्रसंघको महासचिवको जिम्मेवारी सम्हाल्ने गुटेरेस पहिलो युरोपेली हुन् ।
संयुक्त राष्ट्रसंघको महासचिवमा गुटरेस पुन: नियुक्त
- नियुक्ति मिति – २०२१ जून १८
- घोषणा गर्ने – राष्ट्रसंघीय महासभाको ७५औं अधिवेशनका अध्यक्ष वोल्कन बोजकिरले
- कुन कार्यकालको लागी ? – २०२२ जनवरी २१ देखि सन् २०२६ डिसेम्बर ३१ सम्मका
- यो उनको कतिऔं कार्यकाल हो ? – दोस्रो
- दोश्रो कार्यकाल सुरु – २०२२ जनवरी १
- उनको पहिलो कार्यकाल – २०१७ जनवरी १ देखि सुरु भएको र २०२१ को अन्त्यमा सकिनेछ ।
- राष्ट्रसंघको महासचिवको कार्यकाल – ५ वर्ष हुन्छ
नेपाल तथा लुम्बिनी भ्रमण गर्ने संयुक्त राष्ट्रसंघको महासचिव
क्रसं. | नेपाल भ्रमण गर्ने हासचिव | मिति | लुम्बिनी भ्रमण गर्ने महासचिव |
१ | ड्याग ह्यामरसोल्ड | सन् १९५९ मार्च १६ | ड्याग ह्यामरसोल्ड |
२ | ऊ थान्त | सन् १९६७ अप्रिल १४ | ऊ थान्त |
३ | कुर्त वाइल्ड हाइम | सन् १९८१ फेब्रुअरी १३ | कुर्त वाइल्ड हाइम |
४ | हयामियर पेरिज द कोयर | सन् १९८९ मार्च | ह्यामियर पेरिज द कोयर |
५ | कोफी अन्नान | २००१ मार्च १२ | – |
६ | बानकी मुन | २००८ अक्टोबर ३१ | बान की मुन |
७ | एन्टेनियो गुटेरेस | २०२३ अक्टोबर २९ | एन्टेनियो गुटेरेस |
नोट:
- उ थान्तले भ्रमण गरेपछि उनकै पहलमा लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय समिति गठन भएको थियो ।
- उ थान्तले नै लुम्बिनी विकास गुरुयोजना बनाएर सोहीअनुसार अघि बढ्न नेपाल सरकारसमक्ष प्रस्ताव गरेपछि जापानी वास्तुविद् प्राध्यापक केन्जियो टांगेले सन् १९७८ मा लुम्बिनी गुरुयोजना बनाएका थिए ।