राष्ट्रिय कृषि गणना २०७८ का प्रमुख नतिजा- बुकलेट
राष्ट्रिय कृषिगणना २०७८
परिचय
नेपालमा पहिलो पटक विस. २०१८ सालमा शुरू भई प्रत्येक दश/दश वर्षको अन्तरालमा कृषिगणना हुँदै आएको छ | कृषिगणना २०७८ यहि क्रमको सातौँ गणना हो भने संघीयता पछिको पहिलो कृषिगणना हो । विगतका गणनाहरूमा जिल्लास्तरसम्मको मात्र तथ्याङ्क उत्पादन हुँदै आएकोमा यसपटक ७५३ वटै स्थानीयतह सम्मको कृषि तथ्याङ्कहरू उपलब्ध भएको छ । यस गणना मार्फत कृषक परिवारले चलन गरेको जग्गाको क्षेत्रफल, जग्गाको उपभोग र उपयोग, बाली लागेको जग्गाको क्षेत्रफल, सिँचाइको विवरण, कृषि सामाग्री र औजारको उपयोग, पशुपन्छीको संख्या र आहारासम्बन्धी विवरण, कृषिकार्यमा संलग्न जनशक्ति, लिङ्गअनुसार कृषि जग्गाको स्वामित्वको अवस्था, कृषिवन, मत्स्यपालन, मौरीपालन, मल/वीउ|विषादीको प्रयोग, कृषि त्ररण/बीमा|अनुदानको अवस्था, कृषिकार्यमा जलवायु परिवर्तनको प्रभाव, कृषि कार्यमा हरितगृह पद्धती/टनेल खेतीको प्रयोग, माटो परीक्षण, कृषि बजारसम्मको पहुँच, बाली अवशेष र फोहोर व्यवस्थापन जस्ता विविध विषयका आधारभूत तथ्याङ्क संकलन गरी प्रकाशन गरिएको छ भने यस पुस्तिकामा मुख्य-मुख्य विवरणहरू मात्र संलग्न गरिएको छ ।
उद्देश्य
यस गणनाको मुख्य उद्देश्य कृषि विकासका लागि योजनाविद्, नीति निर्माता एवं सरोकारवालालाई स्थानीयतह, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने विस्तृत संरचनागत कृषि तथ्याङ्क उपलब्ध गराउनु हो ।
गणना विधि
विगतको कृषिगणनाहरू जस्तै यो पनि छनौट विधिमा आधारित गणना हो । नेपालको ७५३ वटै पालिकाहरुको छुट्टाछुट्टै प्रतिनिधित्व हुने गरी ३,३०,११२ कृषक परिवारहरू १३,५७६ गणना क्षेत्रबाट छनौट गरिएको थियो । काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लामा Computer Assisted personal Interview(CAPI) प्रविधिमा आधारित Tablet मार्फत र बाँकी जिल्लाहरूमा Pen and Paper Interview(PAPI) विधिअनुसार कागजी प्रश्नावली मार्फत प्रत्यक्ष अन्तर्वार्तादवारा तथ्याङ्क संकलन गरिएको थियो ।
सन्दर्भ समय
राष्ट्रिय कूषिगणना २०७८ को तथ्याङ्क संकलन कार्य आव २०७८/७९ मा सञ्चालन गरिएको थियो भने पौष १७, २०७७ देखि पौष १६, २०७८ को अवधिलाई सन्दर्भ समय मानी उक्त अवधिमा गरिएका कृषिकार्यहरूको विस्तृत विवरण संकलन गरिएको थियो । साथै चलन गरेको जग्गा, कृषि औजार र पशुपन्छीको संख्याको हकमा गणनाको दिनलाई सन्दर्भ समय मानी तथ्याङ्क संकलन गरिएको थियो ।
कृषक परिवारको परिभाषा
राष्ट्रिय कृषिगणना २०७८ मा कृषिचलन वा कृषक परिवार भन्नाले,
(क) हिमाल र पहाडका जिल्ला भए कम्तीमा ४ आना र तराईका जिल्ला भए कम्तीमा ८ धुर क्षेत्रफलमा बाली लागेको जग्गा भएका, वा
(ख) जुनसुकै उमेरका कम्तीमा १ वटा गाई|मैंसी जस्ता ठूला चौपाया पालेका, वा
(ग) कम्तीमा ५ वटा भेडा|बाखा, सुँगुर|बङ्गुर जस्ता साना चौपाया पालेका, वा
(घ) चल्ला र माउ गरी कम्तीमा २० वटा पन्छी (कुखुरा, हाँस) पालेकालाई जनाउँदछ ।
प्रमुख नतिजाहरु
कृषक परिवार संख्या, जग्गाको क्षेत्रफल र कित्ता संख्या
राष्ट्रिय कृषिगणना २०७८ अनुसार नेपालमा जम्मा ४१,३०,७८९ कृषक परिवारले २२,१८,४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । अघिल्लो कृषिगणना २०६८ अनुसार ३८,३१,०९३ कृषक परिवारले २५,२५,६३९ हेक्टर जग्गामा कृषिकार्य गरेका थिए । कूल कृषक परिवारमध्ये ३९,९९,२८५ (९६.८%) कृषक परिवारले खेतीपाती गरेको देखिन्छ भने पशुपन्छी मात्र पाल्ने कृषक परिवार १,३१,५०४ (३.२%) को संख्यामा रहेको यस गणनाले देखाएको छ । यसरी नै अघिल्लो कृषिगणना २०६८ अनुसार जम्मा कित्ता संख्या १,२०,९६,४१७ र प्रति परिवार कित्ता संख्या ३.२ रहेको थियो भने कृषिगणना २०७८ अनुसार यो संख्या कमशः १,१५,८३,९५० र २.८ हुनआएको छ ।
खेत, पाखो र सिँचित क्षेत्रफल
कृषिगणना २०६८ को तुलनामा कृषिगणना २०७८ मा खेतको क्षेत्रफल करिव १ लाख ५४ हजार हेक्टर घट्न गई १४,२९,९८०.६ हेक्टर र पाखोको क्षेत्रफल करिव १ लाख ५३ हजार हेक्टर घट्न गई ७,८८,४२९.३ हेक्टर कायम हुन आएको छ । कृषिगणना २०७८ अनुसार १२,०९,२६५.५ हेक्टर जग्गामा सिँचाइ भएको देखिएको छ | कृषक परिवारले चलन गरेको जम्मा जग्गामध्ये सिँचाई भएको जग्गाको क्षेत्रफल ५४.५ प्रतिशत रहेको देखिन्छ भने गत कृषिगणनामा सिँचाई भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो । यसरी नै कृषिगणना २०७८ अनुसार सिँचाइको सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुनआएको छ भने कृषिगणना २०६८ मा यो ६५ प्रतिशत मात्र थियो । सिँचित क्षेत्रफलमध्ये बाह्ै महिना सिँचाई गरेको जग्गाको क्षेत्रफल ८,७९,५७० हेक्टर (७२.७%) रहेको गणनाले देखाएको छ ।
जग्गाको उपभोग
कृषिगणना २०७८ अनुसार आफ्नै हकको जग्गामा मात्रै कृषिकार्य गर्ने कृषक परिवार संख्या ३३,७२,०२६ (८२), अरूको हकको जग्गामा मात्रै कृषिकार्य गर्ने कृषक परिवार संख्या ५१,०९१ (१%), अन्य हक नखुलेको जग्गामा मात्रै कृषिकार्य गर्ने कृषक परिवार १०,२८१ (०२%) छन् भने बाँकी ६,८९,३९१ (१६८%) कृषक परिवारले मिश्रित प्रकार (आफूनो, अरूको र उपभोग नखुलेको) को उपभोग अन्तर्गत जग्गा चलन गरेको देखिएको छ । क्षेत्रफलको आधारमा तुलना गर्दा कृषक परिवारले आफूनै हकको दनु वयन निम सुम मात्रै १६,९९,८२८.४ हेक्टर, अरूको हकको मात्रै २८,८८४.८ हेक्टर,अन्य उपभोग अन्तर्गत हक नखुलेको मात्रै २२७६.३ हेक्टर जग्गामा कृषिकार्य गर्दै आएको देखिएको छ भने एक भन्दा बढी प्रकारको उपभोग अन्तर्गत (आफूनो, अरूको र अन्य हक नखुलेको) मिश्रित रूपमा ४,८७,४२०.४ हेक्टर जग्गामा कृषिकार्य गरिआएको पाइएको छ ।
जग्गाको उपयोग
विगत १० वर्षमा कृषक परिवारले प्रयोग गरेको अस्थायी बाली लागेको जग्गा र स्थायी बाली लागेको जग्गा दुवै घट्न गएको छ।अस्थायी बाली लागेको क्षेत्रफल करिव ३ लाख ९२ हजार हेक्टर घट्न गई १७,३०,९८१ हेक्टर र स्थायी बाली लागेको क्षेत्रफल करिव २३ हजार हेक्टर घट्न गई १,४५,३६२.९ हेक्टर कायम हुनआएको देखिन्छ । तर अस्थायी बाँझोको क्षेत्रफल भने एक दशकमा ९५ प्रतिशतले बृद्धि भई ६०,५४२.६ हेक्टर र बनबनेलोको क्षेत्रफल ४६९ प्रतिशत बृद्धि भई ८०,६६९.५ हेक्टर हुनपुगेको छ ।
अस्थायी तथा स्थायी बालीको क्षेत्रफल
विगतका गणनाहरूमा जस्तै यस गणनाले पनि सवैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न बाली (२५,८६,१८३.० हेक्टर) लगाइएको देखाएको छ भने अन्य बालीहरू कमशः कोसे|दाल बाली (१,९९,८४४.८ हेक्टर), तेल बाली (१,८०,१४११ हेक्टर), तरकारी बाली (१,०७,७३३.८ हेक्टर), कन्दमुल बाली (१,०४,७३७८ हेक्टर), मसला बाली (५६,८९३.५ हेक्टर) र नगदे बाली (४४,६०९.३ हेक्टर) रहेका छन् । गत १० वर्षको अवधिमा धान बालीको क्षेत्रफल २,३९,५९५ हेक्टर घट्न गई १२,१६,३८७.७ हेक्टर हुनआएको छ । मकैको क्षेत्रफल १,१३,७९४.९ हेक्टर घट्न गई ५,५९,९०९.३ हेक्टर कायम हुनआएको छ । यसरी नै गहुँको क्षेत्रफलमा ९५,२००.७ हेक्टर कमी भई ६,५४,१९४.३ हेक्टर कायम हुनआएको छ । तर तरकारी बालीको क्षेत्रफल २३,३२२.८ हेक्टरले बृद्धि भएको छ भने मसलाबालीको क्षेत्रफलमा पनि १३,३५७.६ हेक्टरले बृद्धि भएको देखिएको छ ।
अघिल्लो कृषिगणना २०६८ को तुलनामा समग्रतामा स्थायी बाली लागेको जग्गाको क्षेत्रफल केही घटेको भएता पनि बगैचाको रूपमा लगाएका मुख्य-मुख्य स्थायी बाली जस्तै औप, केरा, सुन्तला, कागती र स्याउको क्षेत्रफल बढ्न गएको देखिएको छ । यी दुईवटा गणनाका अनुसार मुख्य-मुख्य स्थायी बाली लगाइएको क्षेत्रफल ग्राफमा देखाइएको छ ।
वीउ, विषादी र मलको प्रयोग
नेपालमा केही वर्ष यता उन्नत जातका वीउ, विषादी र रासायनिक मलको प्रयोग बढेर गएको देखिन्छ । विगत १० वर्षमा धान बालीमा उन्नत वीउ प्रयोग गर्ने कृषक परिवारको प्रतिशत उस्तै रहेता पनि हाइव्रिड वीउ प्रयोग गर्ने कृषक परिवारको प्रतिशत ५.४ बाट बढेर करिव १६.५ प्रतिशत पुगेको छ भने विषादी प्रयोग गर्नेहरू २९ प्रतिशतबाट बढेर ४४.६ प्रतिशत हुन पुगेको छ । कृ्षिगणना २०७८ अनुसार धान खेती गर्ने २७,६५,४६७ कृषक परिवार मध्ये १४,७११ कृषक परिवारहरूले धान बालीमा अति कडा (रातो) विषादी प्रयोग गरेको बताएका छन् । यसैगरी ७५.९ प्रतिशत कृषक परिवारले धान बालीमा रासायनिक मल प्रयोग गरेको पाइएको छ । यसरी नै पछिल्लो कृषिगणना २०७८ अनुसार मकै खेती गर्ने २६,०६,०९५ कृषक परिवारमध्ये अधिकाँश कृषक परिवारले स्थानीय वीउ प्रयोग गरेको पाइएको छ भने उन्नत वीउ र हाइब्रिड वीउ प्रयोग गर्ने कृषक परिवार कमशः १२.१ र १२.९ प्रतिशत मात्र पाइएको छ । मकैमा रासायनिक मल प्रयोग गर्ने ४८६ प्रतिशत देखिएको छ । सोही अवधिमा गहुँखेती गर्ने २०,४९,०९१ कृषक परिवारमध्ये करिव ६७ प्रतिशतले स्थानीय वीउ प्रयोग गरेका छन् भने २७.२ प्रतिशतले उन्नत वीउ र ५.९ प्रतिशतले हाइब्रिड वीउ लगाएको उल्लेख गरेका छन् । गहुँमा २८३ प्रतिशत कृषक परिवारले विषादी र ५८५ प्रतिशतले रासायानिक मलको प्रयोग गरेको गणनाले देखाएको छ ।
कृषिगणना २०७८ अनुसार तरकारी बाली लगाउने कृषक परिवार संख्या १९,७७,५७१ (४७.९%) देखिएको छ । तरकारी बालीमा उन्नत वीउ प्रयोग गर्ने कृषक परिवार १९.९ प्रतिशतबाट बढेर २०७८ को गणनामा २२.२ प्रतिशत हुनपुगेको छ भने हाइब्रिड वीउ लगाउने कृषक परिवार ४.७ प्रतिशतबाट बढेर १३.२ प्रतिशत पुगेको देखिन्छ । तरकारी बालीमा विषादीको प्रयोग गर्ने कृषक परिवार विगत %० बर्षमा १५८ प्रतिशतबाट बढेर २६.७ प्रतिशत हुनपुगेका छन् भने पछिल्लो गणनामा तरकारी बालीमा विषादी प्रयोग गर्ने ५,२८,०३४ कृषक परिवार मध्ये ५३२ प्रतिशत कृषक परिवारले सुरक्षित (हरियो), ३३.२ प्रतिशतले मध्यम (निलो), १२.९ प्रतिशतले कडा (पहेलो) र ०.७ प्रतिशत कृषक परिवारले अति कडा (रातो) विषादी प्रयोग गरेको बताएका छन् । यसरी नै तरकारी बालीमा ‘रासायानिक मल प्रयोग गर्ने कृषक परिवार २३.३ प्रतिशत देखिएको छ ।
कृषि औजार
नेपालको कृषि क्षेत्रमा यान्त्रिकरणको मात्रा कमशः बढ्दै गएको छ । कृषिगणना २०६८ अनुसार ८ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यको लागि ट्याक्टर प्रयोग गरेका थिए भने कृषिगणना २०७८ ले यो संख्या झण्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको छ | यसरी नै कृषिकार्यमा प्रयोग भएका ट्याक्टरको संख्या ३७ हजारबाट बढेर ५८ इजार पुगेको छ । डुध डुहुने मेसिन प्रयोग गर्ने कृषक परिवार ३० हजार छन भने जम्माजम्मी ३ हजार ४ सय वटा दुध डुहुने मेसिन कृषक परिवारसँग रहेको देखिएको छ। यसैगरी सन्दर्भ अवधिमा ४,७१,२६० कृषक परिवारले कृषिकार्यका लागि पावरट्रिलर प्रयोग गरेको देखिन्छ भने १,१७,९९१ वटा पावरट्रिलर सञ्चालनमा रहेको देखिन्छ ।
पशुपन्छीको संख्या
नेपालमा गत १० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवार ३३,५३,८५७ बाट बढेर ३४,०५,०१४ पुगेका छन् भने पशुपन्छीको संख्यामा उल्लेख्य थपघट भएको देखिन्छ । गाईगोरूको संख्या करिव १८ लाख ७० हजारले घटेकोमा गोरूको संख्या मात्रै करिव १४ ‘लाखले घट्न गएको देखिन्छ । उन्नत गाईको संख्या भने ९१,३०२ ले बढ्न गई ३,०७,३७३ हुन गएको छ । राँगामैँसीको संख्या घटेतापनि उन्नत भैंसीको संख्या १६,५५१ ले बढ्न गई १,५५,०६४ हुन पुगेको छ । यही एक दशकमा बाखा/खसी(बोका/च्याङ्ग्राको संख्या करिव ३० लाखले बढ्न गएको देखिएको छ । यसरी नै सुँगुर/बंगुर|बर्देलको संख्यामा पनि करिव
५ लाख ३९ हजारले बृद्धि भएको छ । यही समयावधिमा घरपरिवारमा पालिएका कुखुराको संख्या १ करोड ८८ लाख र हाँसको संख्या करिव ८ लाख ९६ हजारले बृद्धि भएको छ । पशुपन्छीको तुलनात्मक विवरण निम्नानुसार छ ।
विगत तीन दशकको पशुपन्छीको विवरण (हजारमा)
विवरण | २०५८ | २०६८ | २०७८ |
पशुपालक कृषक परिवार | ३०१७.४ | ३३५३.८ | ३४०५.० |
गाईगोरू पाल्ने कृषक परिवार | २२९७.४ | २२८०.५ | १७०८.४ |
गाईगोरू | ७२१५.२ | ६४३०.४ | ४५५९.३ |
दुधदिने उमेर समुहको गाई | १८२३.६ | १८२२.० | १४९३.९ |
उन्नत गाईगोरू | ७२.२ | २१६.१ | ३०७.४ |
राँगामैसी पाल्ने कृषक परिवार | १५८६.८ | १६६८.८ | १४१७.० |
राँगामैसी | ३४७७.७ | ३१७४.४ | २९२३.१ |
दुधदिने उमेर समुहको भैंसी | १७८६.८ | १५८७.७ | १४१४.८ |
उन्नत राँगाभौसी | ६२.४ | १३८.५ | १५५.१ |
बाखा/खसी/बोका/च्याङ्ग्रा पाल्ने कृषक परिवार | १६८६.४ | २३५२.४ | २४५१.६ |
बाखा/खसी/बोका/च्याङ्ग्रा | ६९३२.९ | १०९९०.१ | १४२४२.२ |
सुँगुर|बगुर|बदेल पाल्ने कृषक परिवार | ३२७.८ | ४४४.८ | ४२२.५ |
सुँगुर/बंगुर|बदेल | ६३२.५ | ८१८.५ | १३५७.५ |
याक/नाक/चौरी पाल्ने कृषक परिवार | १४.२ | ६.२ | ९.९ |
याक|नाक|चौरी | ९५.४ | ४८.९ | ५३.२ |
भेडाभेडी पाल्ने कृषक परिवार | ६७.७ | ९६.२ | ७२.७ |
भेडामेडी | ४७१.२ | ६०८.० | ४७८.१ |
कुखुरा पाल्ने कृषक परिवार | १५९४.४ | १८०८.६ | १७९९.१ |
कुखुरा | १७६३१.३ | २६२६७.८ | ४५११८.२ |
हाँस पाल्ने कृषक परिवार | ११०.१ | १०८.९ | १९०.६ |
हाँस | ३९३.१ | ४२९.९ | १३२६.० |
कृषि कामदार
कृषिगणना २०६८ अनुसार सन्दर्भ अवधिमा ३८,५२३ कृषक परिवारले कृषिकार्यका लागि ७२,३३३ स्थायी कामदार प्रयोग गरेका थिए भने कृषिगणना २०७८ अनुसार ३९,१९० कृषक परिवारले ७४,५९१ स्थायी कामदार लगाएको देखिएको छ । यसरी नै कृषिगणना २०६८ अनुसार अस्यायी कामदार र पर्ममा लगाएका कामदारको संख्या कमशः ७,१२,८२,६२७ र ४,९१,४४,२४९ व्यक्तिदिन थियो भने कृषिगणना २०७८ अनुसार यो कमशः ६,७७.९९.०४१ र ३,७३,०३,३५४ व्यक्तिदिन हुन आएको छ | पछिल्लो समय कृषक परिवारले आफ्नो कृषि कार्यको केहि अंश जस्तै जग्गा खनजोत गर्ने, धान गोडमेल गर्ने आदि कार्य ठेक्कामा दिइ काम लगाउने गरेको देखिन्छ । कृषिगणना २०७८ अनुसार १,०१,१६६ कृषक परिवारले आफूनो कृषिकार्यको केही अंश ठेक्कामा दिइ काम लगाएवापत प्रयोग हुनगएका कामदारको संख्या २४,९३,०६७ व्यक्तिदिन रहेको देखिन्छ ।
अन्य विवरण
- कृषिगणना २०६८ अनुसार मुख्य कृषकमा पुरुष ८१.० प्रतिशत र महिला १९.० प्रतिशत थिए भने कृषिगणना २०७८ अनुसार यो कमशः ६७.६ प्रतिशत र ३२.४ प्रतिशत हुन आएको छ ।
- कृषिगणना २०७८ अनुसार अधिकाँश (८८%) कृषक परिवारको मुख्य कृषि उत्पादन|कियाकलाप खाद्यान्न बाली रहेको छ भने दोश्रो र तेश्रो स्थानमा कमशः तरकारी बाली (६%) र पशुपालन (३%) रहेको देखिन्छ ।
- यस गणनाअनुसार आफूनो कृषि कार्यबाट भएको सबै उत्पादन घरायसी उपभोगको “लागि हो भनी बताउने परिवार ६८.८%, सबै बिकीको लागि १.१%, मुख्यत घरायसी उपभोग र केहि बिकीको लागि २४.७% र मुख्यत बिकी र केहि घरायसी उपभोगका “लागि हो भनी बताउने ५.४% रहेको देखिएको छ ।
- कृषिगणना २०७८ अनुसार बाली सघनता (Cropping Intensity) दर १.९१ देखिएको छ, जुन २०६८ र २०५८ मा कमशः १.८५ र १.८३ थियो |
- यस गणनाअनुसार जम्मा कृषक परिवारमध्ये २.६% ले मात्र विगत तीन वर्षमा माटो परीक्षण गरेको जनाएका छन् ।
- गणनाअनुसार ७०.४% कृषक परिवारको मुख्य आम्दानीको श्रोत कृषिकार्य रहेको छ ।
- गणनाअनुसार ४५% कृषक परिवारले आफूनो कृषिकार्यबाट भएको आम्दानीले वर्षभरी खान पुग्ने बताएका छन् भने कृषिगणना २०६८ मा यो ४०% रहेको थियो ।
- २०७८ को गणनाअनुसार ४,८३,२०८ (११.७%) कृषक परिवारले कृषि प्रयोजनको लागि करण लिएको देखिन्छ भने २०६८ को गणना अनुसार ८,३५,९२१ (२१.८%) कृषक परिवारले कृषि क्रण लिएको देखिएको थियो ।
- कृषिगणना २०७८ अनुसार १,८२,४४१ (४.४%) कृषक परिवारले कृषि बीमा गरेको देखिन्छ भने यसरी बीमा गर्ने मध्ये सवैभन्दा बढी १,५३,९६२ (८४.४%) कृषक परिवारले पशुपालन कार्यको बीमा गरेको देखिन्छ ।
- यस गणनामा ३,०८,५१२ (७.५%) कृषक परिवारले सन्दर्भ वर्षमा सरकारी अनुदान पाएको उल्लेख गरेका छन् भने सरकारी अनुदान पाएका मध्ये सबै भन्दा बढी १,४२,५७६ (४६.२%) कृषक परिवारले रासायनिक मल खरिदमा अनुदान पाएको बताएका छन् ।
- ‘कृषिगणना २०७८ अनुसार ४२,००८ कृषक परिवारले ४८,७६३ वटा पोखरीमा माछापालन गरिएको देखिएको छ । उक्त पोखरीहरूको कूल क्षेत्रफल १०,३८३ हेक्टर रहेको देखिन्छ ।
- गणनाअनुसार १७,५५४ कृषक परिवारले च्याउखेती गरेको पाइएको छ ।
- गणनाअनुसार १,९६,८५४ कृषक परिवारले ५,१०,४१४ वटा घारमा मौरीपालन गरेको पाइएको छ ।
- गणनाअनुसार १०,३७५ कृषक परिवारले ५९७.७ हेक्टर जग्गामा पुष्पखेती/नर्सरीखेती गरेको पाइएको छ ।
- गणनाअनुसार नेपालमा १ लाख ७ हजार कृषक परिवारले करिव १९ हजार हेक्टर जग्गामा कृषिबनको अभ्यास गरेको पाइएको छ ।
- गणनाअनुसार ९७,१७४ कृषक परिवारले ४,६५९.२ हेक्टर जग्गामा हरितगृह|टनेल पद्धतिबाट खेती गरेको पाइएको छ ।
- गणनाअनुसार ४३.७% कृषक परिवारले जलवायु परिवर्तनको बारेमा थाहा भएको बताएका छन् भने ती मध्ये ९०.७% कृषक परिवारले जलवायुले कृषिकार्यमा प्रभाव पारेको बताएका छन् । यसको सवैभन्दा बढी असरमा कृषि उत्पादनमा हास आएको, त्यसपछि अन्य असरहरूमा कमशः रोगकीरामा बृद्धि, धेरै|कम वर्षा, बाली लगाउने समयमा फरक आदि भनि आफूनो धारणा राखेका छन् ।
- यो कृषिगणनाका अनुसार कृषक परिवारमा अक्सर बसोबास गर्ने जम्मा जनसंख्या १,९४,४७,९५५ मध्ये महिला ९९,०४,१३० (५०.९%) र पुरूष ९५,४३,८२५ (४९.१%) देखिन आएको छ ।