विश्व शिक्षक पुरस्कार- Global Teacher Prize-2023
- विश्वव्यापी शिक्षक पुरस्कार २०२३ बाट पाकिस्तानकी शिक्षिका Sister Zeph (वास्तविक नाम : रिफत आरिफ) सम्मानित भएकी छिन्।
- योगदान: १३ वर्षको उमेरमै उनले आफ्नो घरको आँगनमा विपन्न बालबालिकाका लागि विद्यालय स्थापना गरेकी थिइन् र हालसम्म पनि उनी विपन्न बालबालिकालाई शिक्षित गर्ने कार्य मै लागेकी छिन्।
About Global Teacher Prize
- यो पुरस्कार शिक्षण पेसामा उत्कृष्ट योगदान पुर्याएका शिक्षकलाई वार्षिक रुपमा प्रदान गरिन्छ। यो पुरस्कार त्यस्तो शिक्षकलाई दिइन्छ जसले आफ्ना विद्यार्थी र आफ्नो समाजमा प्रेरणादायी प्रभाव पारेको हुन्छ।
- पुरस्कार प्रदान गर्ने : Varkey Foundation
- पुरस्कार राशि : एक मिलियन अमेरिकी डलर
- यस पुरस्कारलाई शिक्षणको लागि नोबेल पुरस्कारको रूपमा समेत उल्लेख गर्ने गरिन्छ।
- पहिलो वितरण : सन् २०१५ मा (अमेरिकी शिक्षिका न्यान्सी एटवेललाई प्रदान गरिएको)