हमासद्वारा पहिलो पटक बन्धकहरू रिहा
- हमासले युद्ध सुरु भएयता पहिलो पटक ३९ प्यालेस्टिनी
- कैदीको बदलामा २४ जना बन्धकहरूलाई रिहा गरेको छ ।
- हमास र इजरायल बीचको गाजामा चार दिने युद्धविराम २०२३ नोभेम्बर २४ शुक्रबार बाट सुरु भएसङ्गै हमासले गाजामा १३ इजरायली र १२ थाई नागरिक सहित बन्धकहरूको समूहलाई रिहा गरेको छ।
- कतारका अधिकारीहरूले यो युद्ध बिराम गर्न समन्वय गरेका थिए ।
- इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार नेपालका बिपिन जोशीलाइ हमास लडाकुहरूले बन्धक बनाएका छन् । उनको अवस्था हालसम्म अज्ञात छ ।
- हमासले इजरायलमाथि २०२३ अक्टोवर ७ मा आक्रमण गरेको थियो ।