विगतमा आयोगमा सोधिएको प्रश्नहरू
१. खड्ग निशाना अड्डाको स्थापना कस्ले गरेका हुन् ? (नासु २०७५)
- चन्द्र शमसेर
२. नेपालको इतिहासमा पहिलो ऐतिहासिक जनमत संग्रह कहिले भयो ? (नासु २०७१, खरिदार २०७२ )
- २०३७ बैशाख २०
३. नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ? (खरिदार २०६९ )
- २००८ माघ २१ गते
४. नेपालमा व्यवस्थित रुपमा जनगणना लिन सुरु वि.सं १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ? (नासु २०७० )
- सेन्सस गौस्वारा
५. राणाकालमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो ? (खरिदार २०६८)
- ३५ जिल्लामा
६. जोडा मिलाउनुहोस् (नासु २०७८ )
सहि जोडा :
- गेरखापत्रको प्रकाशन : वि.सं १९५८
- योजनाबद्ध विकासको प्रारम्भ : वि.सं २०१३
- मुलुकी ऐन : वि.सं १९१०
- पृथ्वी नारायण शाह : वि.सं १७७९
७. गेरखा भाषा प्रकाशनी समितिको स्थापना कहिले भएको हो ? (नासु २०७२)
- वि.सं १९६९
८. नेपालमा कुन वंशका राजाहरुको शासन चलेको थियो ? (नासु २०६९ )
- गोपाल वंश
९. लिच्छिवी कालमा मन्त्री सरहको पदलाई के भनिन्थ्यो ? (खरिदार २०६८)
- अमात्य
१०. नेपालमा दास प्रथाको अन्त्य कहिले भएको थियो ? (महिला विकास सहायक, २०७२ )
- वि.सं १९८१
११. सहिद दरशथ चन्दको जन्म कहाँ भएको थियो ? (नासु २०६९ )
- बैतडी
१२. रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन् ? (खरिदार २०६९ )
- नरेन्द्रदेव
१३. नेपालमा सर्वप्रथम चाँदीको मुद्रा कस्ले चलाएका हुन् ? (खरिदार २०६९ )
- महिन्द्र मल्ल
१४. जोडा मिलाउनुहोस् (खरिदार २०७२ )
सहि जोडा :
- किँराती राजा : यलम्बर
- प्रथम मल्ल राजा : अरिदेव मल्ल
- प्रथम गोपालवंशी राजा : भूत्तमान
१५. नेपालमा सार्वजनिक यातायातको सुरुवात कहिलेदेखि भएको हो ? (शाखा अधिकृत २०७३ )
- वि. सं १९९६
१६. यलम्बर कुन वंशका प्रथम राजा हुन् ? (शाखा अधिकृत २०७५ )
- किँरात वंश
१७. जोडा मिलाउनुहोस् । (खरिदार २०७७ )
सहि जोडा :
- कृष्ण मन्दिर : शिखर शैली
- पशुपति मन्दिर : प्यागोडा शैली
- जानकी मन्दिर : मुगल र राजपुत शैली