लोक सेवा विशेष बस्तुगत प्रश्नोत्तर
१. सरकारले सेनाको व्यवस्थापनमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा नेसनल कोर्स (एनडिसी) कहिलेदेखि सुरु गर्ने भएको छ ?
- वि.सं. २०८३
- सोका लागि भौतिक पूर्वाधार निर्माण, पाठ्यक्रम तर्जुमाको कार्यलगायत सबै पक्षमा कार्य भइरहेको जनाइएको छ ।
- २०८१ देखि नेसनल डिफेन्स कोर्स (एनडिसी) सुरु गर्ने भनिए पनि कोरोना र बजेटलगायतका कारण एनडिसी कोर्स सञ्चालन कार्य दुई वर्ष पछि धकेलिएको हो ।
- नेपालमा यो कोर्स पहिलो पटक सञ्चालनमा ल्याउन थालिएको हो, जसमा सहायक रथी दर्जाका सैनिक अधिकृतले अध्ययनको मौका पाउने छन् । सहायक रथीबाट उपरथीमा बढुवाका लागि एनडिसी कोर्स अनिवार्य रहेको छ ।
- सरकारले २०७६ फागुन १२ मा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ जारी गरेपश्चात् पूर्वाधारको कार्य सुरु भएको थियो ।
- राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवं रणनीति तर्जुमा गर्ने, गहन खोज तथा अनुसन्धान एवं विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ र समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विश्वविद्यालय स्थापना भएको हो ।
- सुरुमा एनडिसी सेनाका लागि मात्रै हुने र बिस्तारै निजामती सेवा तथा अन्य सुरक्षा निकायका अधिकृतलाई पनि राष्ट्रिय सुरक्षासम्बन्धी उच्च शिक्षा दिने लक्ष्य राखिएको सेनाले जनाएको छ ।
- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको पेरुङे डाँडामा ७५० रोपनी जग्गामा विश्वविद्यालयको पूर्वाधार निर्माण भइरहेको छ ।
२. विश्व बैङ्कले सन् २०२४ जनवरीमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
- ३.९ प्रतिशत
- विश्व बैङ्कले गत आवमा नेपालले १.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको अनुमान गरेको छ । आगामी वर्ष भने नेपालमा ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने विश्व बैङ्कको प्रक्षेपण छ ।
- सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत एवं दक्षिण एसियाको ५.६ प्रतिशत रहने अनुमान गरिएको छ ।
- सन् २०२३ मा विश्वको औसत आर्थिक वृद्धिदर २.६ प्रतिशत र सन् २०२२ मा ३ प्रतिशत थियो ।
- दक्षिण एसियामा यस वर्ष सबैभन्दा बढी आर्थिक वृद्धिदर भारत (६.४ प्रतिशत) र दोस्रोमा बङ्गलादेश (५.६ प्रतिशत) को हुने प्रक्षेपण रहेको छ ।
३. क्युआर कोड प्रयोगमा ल्याउने पहिलो नेपाली बैङ्क कुन हो ?
- नबिल बैङ्क
- विभिन्न सेवा पहिले सुरुवात गर्ने
- एटिएम कार्ड : एभरेस्ट बैङ्क
- क्रेडिट कार्ड : हिमालयन बैङ्क
- इन्टरनेट बैङ्किङ : कुमारी बैङ्क
- एसएमएस मोबाइल बैङ्किङ : लक्ष्मी बैङ्क
- मल्टी करेन्सी कार्ड :सेन्चुरी बैङ्क
- रोबोटको प्रयोग : एसबिआई बैङ्क
४. विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को औपचारिक रूपमा स्थापना कहिले भएको हो ?
- सन् १९९५ जनवरी १
५. विश्वव्यापी आतङ्कवाद सूचकाङ्क २०२३ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
- ३६ औँ
६. चर्चित सामाजिक सञ्जाल नेटवर्क ट्विटर (एक्स) ले आफ्नो लोगो कहिले परिवर्तन गरेको हो ?
- सन् २०२३ जुलाई
साबिकको निलो चरालाई प्रतिस्थापन गरी अङ्ग्रेजी अक्षर ‘एक्स’ कायम गरिएको छ ।
७. गायन रियालिटी सो भ्वाइस अफ नेपाल सिजन–५ को उपाधि जित्ने प्रतिभा को हुनुहुन्छ ?
- विनोद राई (२०८० पुस)
- जितसँगै उहाँले २० लाख नगदसहित पुरस्कार प्राप्त गर्नुभएको छ ।
- प्रतियोगितामा मकरबहादुर योन्जन फस्र्ट रनरअप, कुमारप्रयास राई सेकेन्ड रनरअप र नोगेन लिम्बू थर्ड रनरअप घोषित हुनुभएको छ ।
८. फ्रान्सका सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा चयन हुने राजनीतिकर्मी को हुन् ?
- ग्रेब्रियल याटाल (३४ वर्षीय)
- राष्ट्रपति इमानुयल माक्रोंनले सन् २०२४ जनवरी ९ मा नयाँ सरकारको प्रमुखमा याटालको नाम घोषणा गरेका हुन् ।
- उनी २९ वर्षको उमेरमा सरकारका सबैभन्दा कम उमेरका मन्त्री बनेका थिए ।
- फ्रान्समा यसअघि सन् १९८४ मा ३७ वर्षको उमेरमा लरेन्ट फाबियस प्रधानमन्त्री भएका थिए ।
९. नेपालमा एजेन्डा–२१ कार्यक्रम सुरुवात गरिएका जिल्ला कुन कुन हुन् ?
- दाङ, सुर्खेत, कैलाली
१०. कोशी प्रदेशको प्रदेश सभामुखमा को चयन भएका छन् ?
- अम्बरबहादुर विष्ट (वि.सं. २०८० पुस २४)
- प्रदेश सभाका समानुपातिक सांसद विष्ट सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेसमेतको समर्थनमा सर्वसम्मत सभामुख चयन हुनुभएको हो ।
- तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउन २०८० यता कोशी प्रदेश सभामुखविहीन थियो ।
११. भुटानको संसद्लाई शोङ्दु भनिन्छ भने माल्दिभ्सको संसद्लाई के भनिन्छ ?
- मजलिस
१२. ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
- नेपाल पुलिस क्लब
- नेपाल पुलिस क्लबले एपिएफ क्लबलाई हराउँदै उपाधि जितेको ।
- प्रतियोगितामा गण्डकीले आर्मीलाई ३–१ सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।
- प्रतियोगितामा नेपाल पुलिस क्लबका रविन चन्द सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।
- उदीयमान खेलाडी पहल गहतराज चुनिनुभएको छ । त्यसै गरी पुलिस क्लबकै रविन नगरकोटी बेस्ट ब्लकर, एपिएफका हेमन्त मल्ल बेस्ट स्पाइकर, गण्डकीका जीवन सुनार बेस्ट सर्भर, पुलिस क्लबका भीम गाह बेस्ट लिबेरो र पुलिस
- क्लबकै इम रानामगर बेस्ट सेटर घोषित
- हुनुभएको छ ।
- उपाधि विजेता नेपाल पुलिसले सिल्डसहित एक लाख रुपियाँ, उपविजेता एपिएफले ५० हजार र तेस्रो हुने गण्डकीले २५ हजार रुपियाँ प्राप्त गरेका छन् ।
- १० टोली सम्मिलित सो प्रतियोगिता विसं २०८० पुस २०–२६ सम्म वीरेन्द्रनगरमा सञ्चालन भएको थियो ।
१३. सरकारले कुन फलफुललाई राष्ट्रिय फलफुल घोषणा गर्ने तयारी गरेको छ ?
- सुन्तला
- सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को व्यवस्था अनुसार सुन्तलालाई राष्ट्रिय फलपूmल घोषणा गर्ने विषयमा तयारी भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको ।
- फलफुल विकास केन्द्रले २०७६÷७७ मा गरेको अध्ययन अनुसार नेपालमा २६ हजार ५९१ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । सो अध्ययन अनुसार नेपालमा सुन्तला खेतीको अवस्था :
१४. मिस इको इन्टरनेसनल नेपाल २०२४ घोषित हुने युवती को हुनुहुन्छ ?
- फ्लाविया महर्जन
- विजेता महर्जनले इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेसनल २०२४ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।
- आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगितामा ६० भन्दा बढी देशका इको सुन्दरीको सहभागिता रहने छ ।
१५. डेनमार्कमा राजकुमार फ्रेडरिक आन्द्रे हेनरिक त्यहाँको नयाँ राजा कहिले बनेका हुन् ?
- सन् २०२४ जनवरी १४
- ८३ वर्षीय महारानी मार्गरेथ द्वितीयाले आधिकारिक रूपमा सिंहासन छाडेपछि उनका छोरा फ्रेडरिक राजा बनेका हुन् ।
- जनवरी १४ मा महारानी मार्गरेथले सिंहासन त्यागेको घोषणा गर्दै त्यागपत्रमा हस्ताक्षर गरेकी थिइन् । यससँगै प्रधानमन्त्री मेटे फ्रेडरिकसनले राजकुमार फ्रेडिरिक दसौँलाई नयाँ राजा घोषणा गरेका थिए।
- महारानी मार्गरेथ द्वितीयाले सन् १९७२ जनवरी १४ मा आफ्ना श्रीमान् राजा फ्रेडरिक नवौँको निधनपछि सिंहासन सम्हालेकी थिइन् । ५२ वर्षपछि महारानीले सिंहासन त्यागेकी हुन् ।
- बेलायतकी एलिजावेथ द्वितीयापछि मार्गरेथ युरोपमा सबैभन्दा लामो समय शासन गर्ने दोस्रो शासक हुन् ।
१६. कोतपर्व, भण्डारखाल पर्व तथा अलौ पर्व कुन राजाको पालामा भएका घटना हुन् ?
- राजेन्द्र विक्रम शाह
१७. भिक्टोरिया फल्स कुन कुन देशको सीमामा पर्दछ ?
- जिम्बाबे र जाम्बिया
१८. फ्रान्ज बेकेनबाउर कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ?
- फुटबल
- जर्मन फुटबलका चर्चित खेलाडी तथा प्रशिक्षक बेकेनबाउरको सन् २०२४ जनवरी ७ मा निधन भयो ।
- खेल कौशल र नेतृत्व क्षमताका कारण उनलाई ‘डेर कैजर’ (जसको अर्थ जर्मन भाषामा सम्राट् ) उपनाम बाट चिनिन्थ्यो ।
- बेकेनबाउरले सन् १९७४ मा पश्चिम जर्मनीको कप्तानका रूपमा र १९९० मा प्रशिक्षकका रूपमा विश्वकप जितेका थिए । यो उपलब्धि हासिल गर्ने बेकेनबाउरसँगै ब्राजिलका मारियो जागालो र फ्रान्सका डिडियर डेसक्याम्प्स मात्रै हुन् ।
- जर्मनीका लागि १०३ खेल खेलेका बेकेनबाउरले एक फुटबल खेलाडीका रूपमा प्रायः प्रतिष्ठित प्रतियोगिता जितेका छन् ।
१९. राष्ट्रिय लेखक पुरस्कार, २०८० कसलाई प्रदान गरियो ?
- साहित्यकार बैरागी काइँला
- नेपाल राष्ट्रिय लेखक सङ्घद्वारा प्रदान गरिने पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
- हरेक वर्ष वैशाख १६ गते राष्ट्रिय लेखक दिवस मनाइन्छ ।
प्रस्तुतकर्ता : टङ्क केसी