नेपालको ऐतिहासिक पर्व तथा काण्डहरु
पर्व/ काण्डको नाम | मिति र स्थान | के कसरी भयो ? संक्षिप्त घट्नाक्रम |
कोत पर्व | १९०३ असोज २
(बसन्तपुर दरबार) |
– रानी राज्यलक्मीको आफ्नो छोरा रणेन्द्रलाई राजा बनाउने चाहना,
– १९०३ भाद्र ३१ गते लाल झा द्वारा गगनसिंहको गोली हानि हत्या, – जंग बहादुर राणा हतियार सहित कोत प्राङ्गणमा उपस्थित भई अभिमानसिंह बस्नेत, प्र.म. फत्तेजंग शाह सहित ४०० जना व्यक्तिको हत्या गरिएको, |
भण्डारखाल पर्व | १९०३ कार्तिक १२ (भण्डारखाल बगैचा) | – रानी राज्यलक्मीले रात्री भोजमा जंग बहादुर राणालाई खानामा विष पिलाई मार्ने षडयन्त्र,
– गुरु बियराज पण्डितले उक्त योजना जंगबहादुर राणा सामु पोल खोलिदिए, – विरघ्वज बस्नेत सहितको ४० जनाको हत्या गरिएको, – सबै बस्नेत खलक माव्रै मारेकोले यसलाई बस्नेत पर्व पनि भनिन्छ, |
अलौ पर्व | १९०४ श्रावण १३ (विरगज्ज) | – भारतबाट राजा राजेन्द्र विरगम्नको अलौ भन्ने ठाउँमा आएर गद्दि जमाए,
– राजा राजेन्द्रका सेना र जँगबहादुर बीच युद्ध हुँदा राजाका सबै सेनाहरु मारिए, – राजा राजेन्द्रलाई घोडा चढेर भाग्ने कममा समाएर जेल हाले, अन्त्यमा जेलभित्रै वि.सं १९३८ मा मरेका थिए, |
१९३४ सालको पर्व | वि.सं. १९३४ | – जंगबहादुरको मृत्युपछि श्री ५ र प्रधानमन्त्री पञ्जापत्र छाप युवराजले नदिलाउने थाहा पाई पत्यरघट्टा पठाएको,
– रणोदिपले श्री ३ र प्रधानमन्त्री भएका पञ्जापत्र सुरेन्द्रबाट जारी गर्न लगाए र युवराज वैलोक्यलाई विष खुवाएर मारियो, |
१९३८ सालको पर्व | वि.सं. १९३८
(तराई) |
– रणोडिप सिंह र घिर शमशोरको सबै सन्तानलाई हत्या गर्ने नरेन्द्र विक्रम शाहो योजना,
– उत्तरष्वज राज भण्डारीले पोल खोलिदिएपछि नरेन्द्र विक्रम शाहलाई नजरबन्द, १० जना ब्राहाणलाई टाउको मुडि जातिच्युत, ४१ जनाको हत्या र केहीको सर्वस्वहरण गरिएको, |
१९४२ सालको पर्व | वि.सं. १९४२ | – काका रणोडिप सिंह र जंग बहादुर राणाको सबै सन्तानहरुको हत्या गरी घिर शामशेरका जेठा छोरा विर शमशेर लगायत १७ भाई छोराहरुले सत्ता हात पारेको, |
लाइब्रेरी पर्व | वि.सं. १९८७ | – राणा विरुद्ध जनताको वितृष्णा जगाउन लक्ष्म प्रसाद देवकोटा लगायत ४०/५० जना युवाहरु मिलेर पुस्तकालय खोल्ने योजना,
– प्र.म. भीम शामशोर समक्ष रामचन्द्र अधिकारीले पोल खोलिदिए, – १० व्राहाणलाई ५/५ वर्ष जेल र बाँकी प्रत्येकलाई रु. १००/१०० जरिवाना गरेको, |
प्रचण्ड गोरखा पर्व | वि.सं. १९८८ | – राणा शासनको अन्त्य गरी संसदीय शासन प्रणाली स्थापना गर्ने उद्देश्यले युवाहरु मिलेर प्रचण्ड गोर्खा नामक संस्था स्थापना गरेको, राणाहरुलाई डाईनामाइट पढ्काएर मार्ने योजना,
– चन्द्र शमशेरका ज्वौइ लक्ष्मणराजले राणाहरु समक्ष पोल खोलिदिए, – उमेशविक्रम शाह, खङ्गमान सिंह, मैना बहादुर र रङ्गनाथ शर्मा सबैलाई जेल सजाय सुनाए, |
प्रजा परिषद | वि.सं. १९९३ जेठ २० | – राणा विरोधी अभियान चलाउन टंक प्रसाद आचार्यको नेतृत्वमा राजनीतिक पार्टी नेपाल प्रजा परिषदको स्थापना,
– रामजी जोशीले राणाहरु समक्ष पोल खोलिदिए – केहि सदस्यहरु पक्रिए र ४ जना शुक्रराज शास्त्री (१९९७ माघ १०), धर्मभक्त माथेमा (१९९७ माघ १२), दशरथ चन्द (१९९७ माघ १४) र गंगालाल श्रेष्ठलाई (१९९७ माघ १४) मृत्युदण्ड दिइयो भने ब्राहाण जातिलाई सर्वस्वसहित जन्मकैद गरे, |
महावीर स्कुल काण्ड | वि.सं. १९९३
(सिंहटोल काठमाडौ) |
– फागुन शिवरात्रीको दिनमा महावीर स्कुलको स्थापना,
– राणाहरुले स्कुलका शिक्षकहरु टंकबिलास, सिद्धिचरण श्रेष्ठ र सुर्य बहादुर थापालाई १९९७ मा पक्राउ गरी १२ वर्ष र जन्मकैदको सजाय समेत सुनाए, |
जयन्तुसंस्कृतम | २००४ असार १
(काठमाडौ) |
– तीनघारा पाठशालामा अध्ययनरत २०० जना विार्थीहरुले भुगोल, इतिहास, राजनीति शास्त्र, अर्यशास्त्र र अँग्रेजी विषयहरु समावेश गर्नुपर्ने माग राखी आन्दोलन गरेको, |
खुकुरीदल | २००७ फागुन ७
(गोरखा) |
– राणा शासनको पतन भएपछि भरत शमशेरको नेतृत्वमा पुनः राणा शासन उदय गराउन गोरखादल गठन गरेको,
– वि.पि. कोइरालाले फागन १९ गते त्यस दलमाथि प्रतिवन्ध लगाएका थिए, |
नेपाल चेलोपर्चा काण्ड | २०१७ पुष १ | – २०१७ माघ २१ गते जोगवनीमा भारतिय नागरिक अनुपलाल पाच्चान लगायतले प्रजातन्त्र पुनर्वहालीका लागि आह्वान गर्दा पर्चासहित सबैजना पक्राउ परेको, |
मिराहोम काण्ड
|
२०१९ कार्तिक १९ (खिचापोखरी) | – खिचापोखरीको मिराहोमबाट मुकुन्द शर्मा लगायतका व्यक्तिहरुलाई बिष्फोटक पदार्थ सहित पक्राउ गरी कठोर यातनासहित जेलमा राखिएको, |
नरशाही काण्ड | २०२०( भैरहवा) | – नरशाही जंगलमा वेपत्ता नागरिकको खोजी गर्न जादा काठ तस्करी भएको देखि सो नियन्त्रण गर्न भारत सरकारले नेपाल सरकारसँग क्षतिपुर्ति मागेको, |
जनकपुर बम काण्ड
|
२०१८ माघ ९ | – श्री ५ महेन्द्रको गाडीमा आक्रमण गरेको आशंकमा दुर्गानन्द झालाई पक्राउ गरी २०२० माघ २५ गते फासी दिइएको, |
छिन्ताङ काण्ड | २०३६ कार्तिक १७ | – धनकुटा जिल्लाको छिन्ताङ गाउँमा सुर्य बहादुर थापाका पञ्चायती मण्डलेहरुले १५ जना व्यक्तिहरुको हत्या गरेको |
खाम्पा काण्ड | सन् १९५९,
(दार्चुला) |
– तिव्वती शरणार्थीहरुले वाङ्दीको नेतृत्वमा चिन विरोधी गतिविधि चलाएपछि २०२८ मा दार्चुलामा बाड्दीलाई मारेको, |
हवाइजहाज अपहरण काण्ड | २०३० जेठ २० | – बिराटनगरबाट काठमाडौँ उडेका जहाजलाई नेपाली कांग्रेसले कब्जा गरी भारत लगेर ३० लाख भारु कञ्जामा लिएर जहाज फिर्ता पठाएको, |
सुखानी हत्या
काण्ड |
२०२९ फागुन २१ (झापा) | – झापा जिल्लाको सुखानी जंगलमा रामनाथ दाहाल, कृष्ण कुइकेल, नेत्रप्रसाद अधिकारी, विरेन राजवंशी र नारायण श्रेष्ठलाई हत्या गरेको, |
टिम्बुरबोटे | २०३१ मंसिर २६ (ओखलढुंगा) | – विपी कोइरालाको नेतृत्वमा कान्ति गरेको बेला ओखलढुङ्गाको नेतृत्व गर्ने यज्ञ बहादुर थापा लगायतका व्यक्तिहरुलाई मृत्युदण्ड दिएको, |
सुरजपुरा काण्ड | २०३९ (रुपन्देही) | – रुपन्देहीको सुरजपुरामा कांग्रेसका महामन्त्री गिरिजा प्रसाद कोइरालामाथि आक्रमण भएको |
पिस्कर काण्ड | २०४० माघ १ सिन्धुपाल्चोक | – सिन्धुपाल्चोकको पिस्कर महादेवमा माधे संक्रान्ति मनाउन भेला भएका दर्जनौ व्यक्तिलाई गोली हानी हत्या गरेको, |
४२ सालको बम काण्ड | २०४२ असार ५ | – रामराजा प्रसाद सिंहले पोखरा र काठमाडौँबाट वम पड्काएर गणतान्त्रिक आन्दोलनको सुरु गरेको, |
सत्याग्रह काण्ड | २०४२ जेठ १० | – पश्चायती व्यवस्था विरुद्ध नेपाली कांग्रेसको सत्याग्रह सुरु भएको, |
रंगशाला काण्ड | २०४४ फागुन २९ (काठमाडौँ) | – दशरथ रंगशालामा फुटबल खेल भइरहेको बेला भिषण आँधी आई ७० जनाको निधन भएको, |
कार्टुन काण्ड | २०४९ कार्तिक २१ (महाकाली) | – सवर्च्च अदालता विचाराधिन मुद्दामा पत्रिकाले छापेको कार्टुनले- अदालतको मानहानी भएको भन्दै सम्पादक अरिहर विरहीलाई ७ दिन कैद गरेको, |
दास ढुङ्गा काण्ड | २०५० जेठ ३ (चितवन) | – चितवनको दासढुङ्गामा नेकपा एमालेका महासचिव मदन भण्डारी र जीवराज आश्रीतको जीप दुर्घटनाबाट निधन भएको, |
जोगडा गोली काण्ड | २०५० माघ (रुपन्देही) | – रुपन्देहीको जोगडा भन्ने ठाउँमा २ जना ट्रक ड्राईभरलाई डाका भएको शाँकमा गोली हानी हत्या गरेको र भारतीय निर्दोष व्यक्तिको हत्या भयो भनि माघ ८ देखि ११ सम्म नेपाल भारत आवागमन बन्द भएको, |
राजदरवार हत्याकाण्ड | २०५८ जेठ १९ | – राजा बिरेन्द्रको ११ जना वंश विनाश भएको,
– युवराज दिपेन्द्रले अत्याधिक मापसे गरी घट्ना घटाएको छानविन समितिको निष्कर्ष, |
गौर काण्ड | २०६३ चैत्र ७ | – रौतहट जिल्लामा मधेशी जनअधिकार फोरम र नेकपा माओवादीको कार्यक्रम चलिरहेको बेला हिसा भड्किदा २९ जनाको मृत्यु भएको |
कपिलवस्तु काण्ड | २०६४ भाद्र ३० | – राजनीतिक दलका कार्यकर्ता अब्दुल मोहित खाको अज्ञात समूहले हत्या गरेपछि ३ जना सुरक्षाकर्मिको मृत्यु भएको |
बाँदरमुडे काण्ड | २०६२ जेठ २३ (चितवन) | – चितवनको बाँदरमुडेमा तात्कालिन माओवादीले थापेको विधुतीय धरापमा परी ४१ जना सर्वसाधारणको मृत्यु भएको |