महत्वपूर्ण समसामयिक जानकारी :
1. अन्तर्राष्ट्रिय साक्षता दिवस, २०२३ को नारा के रहेको थियो ?
- दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्धन
2. राहदानी विभागका अनुसार कहिलेसम्ममा सबै नेपालीको हातमा ई-पासपोर्ट पुर्याउने लक्ष्य रहेको छ ?
- सन् २०३०
3. अर्थशास्त्रतर्फको नोबेल पुरस्कार, २०२३ कसलाई प्रदान गरियो ?
- क्लायडिया गोल्डिन
4. विश्वव्यापी शिक्षक पुरस्कार, २०२३ बाट सम्मानित हुने रिफत आरिफ कुन देशकी नागरिक हुन ?
- पाकिस्तान
5. मिस ईन्टरनेशसनल २०२३ को उपाधि जित्ने सुन्दरी को हुन ?
- एनिड्या रुबिसे
6. जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा) ले पठाएको स्मल लुनार ल्यान्डिङ डेमोनसट्रेटर (स्लिम) यान चन्द्रमामा कहिले अवतरण गर्यो ?
- सन् २०२४ जनवरी २०
7. फिफा सर्वशेष्ठ फुटबलर – २०२४ घोषित हुन सफल खेलाडी को हुन् ?
- पुरुष तर्फ : लियोनल मेसी र महिला तर्फ : आइतावा बोनमती
8. नेपाली गायन जगत्का उज्ज्वल नक्षत्र योगेश वैद्यको निधन कहिले भएको हो ?
- वि.सं. २०८० माघ ५
9. हेन्ली पासपोर्ट इन्डेक्स-२०२४ मा नेपाल कति औँ स्थानमा रहेको छ?
- ९८ औँ
10. बुकर पुरस्कार-२०२३ कसलाई प्रदान गरियो ?
- पाउल लिन्च (आयरल्यान्ड)
11. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता लागु गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
- माल्दिभ्स
12. नेपाली स्याटेलाइट “नेपाली स्याट १” कति दिन अन्तरिक्षमा रहेर पृथ्वीमा खसेको थियो ?
- ८४१ दिन
13. वानिरा प्रज्ञा पुरस्कार-२०८० कसलाई प्रदान गरिएको हो ?
- साहित्यकार वैरागी काइँला (राशि : एक लाख रुपियाँ)
14. कँगो वेसिन क्लेड, क्लेड वान, क्लेड टु ए, क्लेड टु बी कुन रोगका भेरिएन्ट हुन् ?
- मङ्गी पक्स
15. महाकवि लक्ष्मी प्रसाद देवकोटा सङ्गहालयको उद्घाटन कहिले गरिएको हो ?
- वि.सं. २०७९ असोज १४
16. कृषि तथा वन क्षेत्रको रूपान्तरण गर्न तर्जुमा गरिएको कन्ट्री प्रोग्रामिङ फ्रेमवर्कको अवधि कुन हो ?
- सन् २०२३-२०२७
17. अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार-२०२३ बाट सम्मानित हुने नेपाली को हुनुहुन्छ ?
- डा. घनश्याम ज्ञवाली
18. सरकारले सेनाको व्यवस्थापनमा राष्ट्रिय प्रतिरक्षा विश्व विद्यालयमा नेसनल कोर्स (एनडिसी) कहिलेदेखि सुरु गर्ने भएको छ ?
- वि.सं २०८३
19. विश्वव्यापी आतङ्खवाद सूचकाङ्क, २०२३ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
- ३६ औँ
20. चर्चित सामाजिक सञ्जाल नेटवर्क दिवटर (एक्स) ले आफ्नो लोगो कहिले परिवर्तन गरेको हो ?
- सन् २०२३ जुलाई