आगामी विश्वकप फुटबल प्रतियोगिता आयोजक मुलुकहरू
सन् २०२६ को फिफा विश्वकप:
- सन् २०२६: अमेरिका, क्यानडा र मेक्सिको (उत्तर अमेरिका)
- यो ४८ टिम सहभागी हुने पहिलो विश्वकप प्रतियोगिता हुनेछ, जसमा तीन देशका कुल १६ आयोजक सहरहरू रहने छन् ।
- प्रतियोगिता २०२६ जुन ११ मा मेक्सिको सिटीको एन्टेका स्टेडियममा सुरु हुनेछ भने फाइनल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुनेछ।
- कुल १०४ खेल खेलाइनेछ जसमध्ये मेक्सिको र क्यानडा प्रत्येकले १३/१३ वटा र अमेरिकाले ७८ वटा खेलको आयोजना गर्नेछ । फिफाले २०२३ मे १८ मा विश्वकप २०२६ को आधिकारिक लोगो अनावरण गरेको छ ।
- यसले अग्रभागमा फिफा विश्वकप ट्रफीको छवि र पृष्ठभूमिमा टूर्नामेंटको वर्ष देखाउँछ ।
- लोगो अनावरण गरेकै दिन फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले #WeAre 26 अभियान घोषणा गरेका थिए ।
सन् २०३० को फिफा विश्वकप:
- यो विश्वोकप ६ देशमा आयोजना हुने
- सन् २०३० को फिफा विश्वकप तीन महादेशका ६ देशमा आयोजना हुने भएको छ ।
- २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरोक्कोले आयोजना गर्नेछन् ।
- प्रतियोगिताका सुरुआती तीन खेल भने अर्जेन्टिना, उरुग्वे र पराग्वेमा हुनेछन् ।
- विश्वकपको सुरुआत भएको १०० वर्ष पुगेको उपलक्ष्यमा प्रतियोगिताका सुरुआती खेलहरू दक्षिण अमेरिकामा हुने फिफाले बताएको छ ।
सन् २०३४ को फिफा विश्वकप :
- सन २०३४ को फिफा विश्वकप साउदी अरेविया (एसिया) मा आयोजना हुनेछ ।