नेपालको प्रथम जलविधुत आयोजना
नेपालको प्रथम जलविधुत आयोजना
- वि.सं. १९६८ मा निर्मित ५०० किलोवाट क्षमताको फर्पिङ पावर हाउस नेपालको प्रथम जलविधुत आयोजना हो
- फर्पिङ जलविधुत आयोजना तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बेलायतको प्राविधिक सहयोगमा बनेको परियोजना हो । त्यसकारण यसलाई चन्द्र ज्योति पनि भनिन्छ ।
- फर्पिङ नजिक रहेको सातमुल र शिखानारायण मुहान वाट पानी ल्याएर जलाशय बनाइ यसवाट बिजुली निकालिएको थियो र टुडिखेलमा बत्ती बाली उद्घाटन गरिएको थियो ।
- त्यतिबेला जलाशय (रिजर्भागर) को पानी पिउन ललितपुरमा वितर गरिन्थ्यो । तर पछि जनसङ्ख्या बढेपछि यसको जलाशयमा पानी अपुग भह बन्द हुनपुग्यो सन् २०१० मा यसलाई जिउँदो सम्पदा भनेर घोषणा गरियो र जलस्रोत संग्रहालयको रूपमा विकास गरियो ।
- फर्पिङ जलविधुत आयोजना एसियाको दोस्रो जलविद्युत आयोजना पनि हो फर्पिङ जलविद्युत आयोजनालाई उर्जा सङ्ग्रहालयको रूपमा विकास गरिएको छ |
- एसियाकै पहिलो जलविधुत आयोजना – सन् १८९७ मा दार्जिलिङ मा स्थापित १३० किलोवाट क्षमताको यो जलविद्युत आयोजना हो ।