७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस
- आज (वि.सं. २०८० फाल्गुन ७ गते) नेपालले आफ्नो ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाउदै छ।
- नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते मनाइन्छ।
- राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुश र हुकुमी शासनलाई विदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको थियो, २००७ फागुन ७ का दिन ।
- राणाहरुको वंशीयतन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो ।
- नेपालमा प्रजातन्त्रका संस्थापकको रुपमा श्री ५ महाराज त्रिभुवन वीर बिक्रम शाहदेवलाई चिनिन्छ ।